Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 4.00/5.00)
Text size:-
+
-

महिमाको बिवाहमा तरवार

फिल्मीखबर, काठमाण्डौ, 2013/12/24

प्रेमको सुखद अन्त्य विवाह नै हो । अभिनेत्री महिमा सिलवाल पनि विवाह गरेर विरेन अधिकारीसँगको प्रेमको सुखद अन्त्य चाहान्थिन् । उनले यसका लागि विरेनलाई मनाएकी पनि थिइन् तर विवाहका लागि  बेहुली झै सिंगारिएर मण्डपमा बसेकी उनलाई विरेनले सिउँदो हाल्ने बेलामा  भवितव्य आइलाग्यो ।

 

 

विरेन अधिकारीले सिउँदोमा सिन्दुर हाल्ने समयमा तरवार सहित आइपुगे शिव यादव र उनले स्वास्थानीमा  दक्षप्रजापतिको यज्ञ फाँडेझैं महिमाको विवाह मण्डप पनि फाँडे । विवाह गरेर हनिमुन मनाउने सपना देखिरहेकी महिमालाई अन्तमा आफ्नै ज्यान बचाउन धौ-धौ पर्यो । विवाह गर्ने उमेर भईसक्दा पनि विवाहको लगन जुराउन नसकेकी महिमाको रिलमा भएपनि  विवाह गर्ने चाहाना शिवकै कारण तुहियो ।


महिमा सिलवालको जीवनमा आईपरेको यो दुःख रियल भने थिएन । रियल जस्तै लाग्ने यो दृश्य थियो महिमा सिलवाल अभिनित नयाँ फिल्म ‘फापेन माया तिम्रो’को । महिमा यो फिल्ममा नव नायक विरेन अधिकारीको प्रेमिकाको रुपमा अभिनय गरिरहेकी छिन् ।

 

महिमासँग विवाहको मण्डपमा बसेर विवाह हुन नपाएका धेरै अनुभव छन् । टेकबाट उबारेको समय हामीलाई दिंदै उनले त्यस्ता फिल्मका दृश्य सुनाईन् । ‘सुमन सिंहसँग ‘मिसन ४२०’ भन्ने फिल्ममा पनि विवाह मण्डपमा बसेको बेलामा प्रहरीले हत्केडी लिएर आउँछन्,’ महिमाले भनिन्,‘त्यही हत्कडी मेरो हातमा लगाएर प्रहरीले मलाई लगे पछि विवाह पुरा हुने कुरै भएन ।’ त्यस्तै फिल्म झमेलामा नायक नयन घिमिरेसंग मण्डपमा बसेर विवाह गर्ने  तयारी गरिरहँदा गुण्डाको समुहले अपहरण गर्छ । उनले उल्लेख गरेका दुवै फिल्म प्रदर्शन हुन बाँकी छन् ।  


‘३ वटै फिल्ममा विवाहको मण्डपमा बस्दा पुरेतले मन्त्र पनि भट्याएका थिए । तर, कामै लागेन’ उनले भनिन, ‘यस्तो चालाले कस्तो बिहे हुने होला, कुनै दिन पनि पुरा विवाह गर्न नपाइने भो ।’ २३ वर्षकै उमेरमा रिल लाइफमा ३ पटकसम्म विवाहको मण्डपमा बसिसकेकी महिमालाई भने आफ्नो रियल लाइफको विवाह भने नयाँ नलाग्ने हो कि भन्ने पीर छ ।  ‘फिल्म साँच्चिकैको विवाहमा भने मजा नआउने हो कि भन्ने पीर लाग्छ, महिमाले सुनाईन् ।


३ वर्ष अघि  फिल्म 'कारर्वाही'बाट नेपाली रजतपटमा प्रवेश गरेकी महिमाले एक दर्जन भन्दा बढि  फिल्ममा नायिकाको भुमिका निर्वाह गरिसकेकी छिन् । महिमा यो फिल्म पश्चात ऋषि न्यौपानेको 'जोश' नामक फिल्ममा व्यस्त हुनेछिन् ।