पोखरेली युवाहरू मिलेर निर्माण गरेको फिल्म 'रिभेञ्ज' पोष्टप्रोडक्सनको अन्तिम चरणमा पुगेको छ । यहि बर्ष भित्र रिलिज गर्ने तयारीकासाथ निर्माण युनिट फिल्मको पोष्टमा डटेर लागिपरेको छ ।

काठमाण्डौका युवा अजित सुवेदीको लेखन तथा निर्देशन रहेको 'रिभेञ्ज' सस्पेन्स थ्रीलर ड्रामा हो । रिलिज मिति तय नगरिएको यो फिल्ममा पोखरेली युवाहरू मनिष केसी, शर्मिला बस्नेत, सुमित तामाङ, शिव नेपाली, संजीब गोदार, अदिप श्रेष्ठ, किरण थापा, लक्ष्मी नेपाली लगायतको अभिनय रहेको यो फिल्मको सुटिङ पोखरामा गरिएको हो ।
मास प्रोडक्सनले निर्माण गरेको यो फिल्मको सम्पादन लण्डनमा गरिएको निर्देशक सुवेदीले बताए । फिल्ममा योगेश काजी र जिबेश गुरूङको संगीत तथा गणेश सापकोटाको छायाँकन रहेको छ ।

