Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(3 votes, avg 3.33/5.00)
Text size:-
+
-

राजेश हमालका दर्शक खाडीमा !

फिल्मीखबर, काठमाण्डौ, 2013/12/24

नेपाली फिल्म किन चल्दैनन् ? बहसको विषय भैरहंदा अभिनेता राजेश हमालले भने नेपाली फिल्म नचल्नुको कारण खोतल्ने प्रयास गरेका छन् ।

 

साँस्कृतिक कार्यक्रमका लागी खाडी मुलुक कतार पुगेका अभिनेता हमालले नेपाली फिल्म नचल्नुको कारण खोतल्दै एक राष्ट्रिय दैनिकसँग भनेका छन्- 'ठुलो जमात विदेश बस्दा फिल्म हेर्ने दर्शकको अभाव खड्किन्छ । '

 

राजेशले फिल्मको गुणस्तर बलियो हुनुपर्नेमा जोड दिएका छन् । विगतमा आफ्नो छबिलाई ठोस रूपमा स्थापित गरेका हमालले परिवर्तित समयमा भने फिल्मकर्मीले ठोस छबि बनाउन नसकेको बताएका छन् ।

 

नेपाली फिल्मको ५० बर्षे इतिहासमा २५ बर्ष गुजारेका हमालले सिमित दर्शकलाई लक्षित गरेर फिल्मलाई निर्माण गर्ने पद्धतीमा भने असहमती जनाएका छन् । कोर्ट मार्सल स्टेज नाटकमा व्यस्त रहेका हमालले प्रेमिका मधु भट्टराइलाई भने जाडोको स्विटर प्याक नहुँदै भित्र्याउने बताउँदै आएका छन् ।