Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 3.50/5.00)
Text size:-
+
-

`हट एण्ड सेक्सी` भन्नेलाई हेमाको `धन्यवाद !`

फिल्मीखबर, काठमाण्डौ, 2013/12/24

फिल्म 'हँसिया' मार्फत नेपाली रजतपटमा एक्सन लेडीको ईन्ट्री हुँदैछ । म्यूजिक भिडियोमा रुचाइएकी मोडल हेमा श्रेष्ठले फिल्म 'हँसिया'मा एक्सनका दृश्य मात्रै दिएकी छैनन्, फिल्मको आइटम गीतमा उनी 'बोल्ड एण्ड ब्युटिफुल लेडी'को रुपमा प्रस्तुत भएकी छिन् ।

 

फिल्म 'हँसिया' मार्फत रजतपटमा आफ्नो दमदार उपस्थिति जनाउने तरखरमा रहेकी हेमा राष्ट्रिय नागरिक दैनिकका लागी सन्तोष खनालसँग मज्जैसँग गफिएकी छिन् । हेमा अभिनित ‘सौर्य’ फिल्म गत साता प्रदर्शनमा आयो । उक्त फिल्मले हेमालाई रजतपटमा खासै परिचित गराएन । ‘सौर्य’ सोच अनुसारको एक चल्न सकेन । जोडदार आइटम डान्स समेत रहेको ‘हँसिया’ फिल्मबाट भने आफु फिल्ममा स्थापित हुनेमा हेमा निकै आशावादी छिन् । उनी भन्छिन्- 'अबको करिअर कस्तो हुने हो ? प्रतिक्षामा छु ।'

 

कथाले माग्यो भन्दैमा पूरै कपडा खोल्ने हिरोइनहरुको भिडमा हेमा फरक छिन् । २००५ को मिस नेपालको प्रतिस्पर्धामा भाग लिंदा उनमा ग्ल्यामरको भूत चढ्यो । ‘चिया बारीमा...’ गीतको रिमिक्स भर्सनमा हेमाले कम्मर मर्काएसँगै हेमाको ग्ल्यामर दुनियाँमा प्रवेश भयो । तर उनलाई हिरोईन बन्न भने ७ बर्ष लाग्यो । बिचमा अफर आएपनि उपयुक्त रोलको खोजीमा रहेकी हेमाले 'हँसिया'मा खोजेको रोल पाईन्, 'बोल्ड एण्ड ब्यूटिफूल' ।

जगदीश समाल र रजिना रिमालले गाएको ‘सयौं जुनी सम्म’ बोलको गीतको भिडियो गर्दा हेमाले फिल्ममा आफु 'बोल्ड एण्ड ब्युटिफुल' भूमिकामा प्रस्तुत हुने ईच्छा निर्देशक मिलन चाम्सलाई के सुनाएकी थिईन् चाम्सले उनको रहर पूरा गरिदिए । केही साता अघि ‘हँसिया’को आइटम डान्सको फोटो सार्वजनिक भएपछि धेरैले हेमालाई ‘हट एण्ड सेक्सी’ को प्रतिक्रिया दिन थालेका छन् । यो प्रतिक्रिया दिने सबैलाई हेमाले धन्यवाद दिइन् ।

 

उनको भित्री चाहना एक्सन हिरोइन मात्रै हैन सेक्सी हिरोइन पनि बन्ने धोको थियो, सफल भयो । हेमाको बुझाइमा कथावस्तुसँग सुहाउँदो भूमिका छ भने हट देखिनुमा कुनै आपत्ती छैन । उनले उदाहरण पेश गरिन्- ‘द् डर्टी पिक्चरमा विद्या वालनलाई कसैले छिः भनेका छन् र ? सुहाउने हुनुपर्छ हट देखिन पछि पर्दिन ।'