Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(12 votes, avg 4.75/5.00)
Text size:-
+
-

नयाँ बर्ष छोप्न `आधी बाटो` र `नाइ नभन्नु ल २`

फिल्मीखबर, काठमाण्डौ, 2013/12/23

नेपाली नयाँ बर्ष (२०७१ साल)मा दुई फिल्मले प्रदर्शन मिति तय गरेका छन् । निर्देशक तथा कथाकार विकास आचार्यको 'नाइ नभन्नु ल २' र सविर श्रेष्ठ निर्देशित 'आधी बाटो'ले नयाँ बर्षमा पर्दा बाँडफाँड गर्ने छन् ।

 

 

सुटिङ सकेर पोष्ट प्रोडक्सनमा रहेको फिल्म 'नाइ नभन्नु ल २'ले पहिल्यै प्रदर्शन मिति तय गरेपनि सविर श्रेष्ठको 'आधी बाटो'ले भने भर्खरै मात्र आफ्नो प्रदर्शन मिति तय गरेको हो । यि दुबै फिल्मलाई एफडी कम्पनीले चैत्र २८ गते एकसाथ देशभर रिलिज गर्नेछ । दुबै फिल्मका निर्मातालाई चित्त बुझाएर हल बाँडफाँड गर्ने एफडी कम्पनीका वितरक नरेन्द्र महर्जनले फिल्मीखबरलाई जानकारी गराए ।

 

फिल्म डविङ्मा जाने तयारीमा रहेको जानकारी दिदैं निर्देशक श्रेष्ठले फिल्मीखबरलाई भने- 'हामी चाँडै नै फिल्मको प्रचारमा आउँदैछौं ।' रमेश त्वायना निर्मित फिल्म 'आधी बाटो'मा यश कुमार, जेनिशा केसी र सविन श्रेष्ठ मुख्य भूमिकामा प्रस्तुत भएका छन् । साथमा अभिनेत्री अनु शाह, धिरेन शाक्य, रुवी राणा लगायतको अभिनय छ । फिल्ममा सुरेश अधिकारी र अभिनेता यश कुमारको संगीत छ ।

 

यता वान टाईम सिनेमाले निर्माण गरेको 'नाइ नभन्नु ल २'मा अनुभव रेग्मी, प्रियंका कार्की, सुरज सिंह ठकुरी, सुज्ञानी भट्टराई, जीवन लुईटेल, बर्षा सिवाकोटी, सरोज खनाल, सिताराम कट्टेल 'धुर्मुस' लगायतको अभिनय छ । साँगीतिक पारिवारिक प्रेमकथानक यो फिल्ममा बसन्त सापकोटा र सुरेश गैरेको संगीत छ । फिल्मका छायाँकार पुरूषोत्तम प्रधान हुन् ।