Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 4.00/5.00)
Text size:-
+
-

फाल्गुन १६ मा `तोरी लाहुरे` आउने

फिल्मीखबर, काठमाण्डौ, 2013/12/23

द्धन्दनिर्देशक एनबी महर्जनले निर्देशन गरेको एक्सन कमेडी फिल्म 'तोरी लाहुरे'ले रिलिज मिति तय गरेको छ । बेरोजगार युवाको समस्यालाई मुख्य बिषय बनाईएको यो फिल्म आगामी फाल्गुन १६ गते रिलिज हुने बताईएको छ ।

 

 

फिल्ममा सुवास थापा, गजित बिष्ट, अशिष्मा नकर्मी, समुना केसी, रोहित रूम्बा, दिनेश डिसी लगायतको अभिनय छ । यो फिल्मलाई रिदम एण्ड दिलिप फिल्मसको ब्यानरमा दिल कुमार तामाङ 'वाले' र रोशिफ तामाङले निर्माण गरेका हुन् ।

 

कृष्ण आचार्यले फिल्मको कथा लेखेका हुन् भने छायाँकन निरज कँडेलले गरेका हुन् । फिल्ममा सन्तोष राजको संगीत, सुरेन्द्र पौडेलको सम्पादन, शंकर महर्जनको द्धन्दनिर्देशन तथा गम्भिर बिष्टको नृत्यनिर्देशन रहेको छ । फिल्मलाई काठमाण्डौ उपत्यकामा गोपाल कायस्थ र उपत्यका बाहिर रोहित र रत्नले वितरण गर्दैछन् ।

 

फिल्मको अडियो गीत सुन्न यहाँ क्लिक गर्नुहोस्  Tori Lahure audio 'Mastima...'