फिल्म नचले पनि फिल्मका विभिन्न विधामा दिइने अवार्डका कार्यक्रमहरु भने चलिनै रहन्छन् । बर्ष ०७० को पुससम्म आइपुग्दा जम्मा २ फिल्मले लगानी उठाउन सफल भएका छन् । यद्पी झन्डै आधा दर्जन संघ संस्थाले बर्षेनी बाँढ्दै आएको अवार्डलाई यस वर्ष पनि निरञ्तरता दिने तयारी गर्दैछन् ।
‘एनएफडिसी राष्ट्रिय चलचित्र पुरस्कार’ दोस्रो संस्करणका लागी चौमासिक मनोनयन सार्वजनिक गरिएको छ । प्रेस विज्ञप्ती जारी गर्दै हरेक चार महिनामा सार्वजनिक हुने मनोनयनको २०७० भदौ १ देखि मंसिर मसान्तसम्म प्रदर्शन भएका २९ फिल्मबाट पाँचको छनोट गरिएको हो ।
संयोजकसहित ५ सदस्य रहेको निर्णायक समितिबाट १७ बिधाका लागि सार्वजनिक मनोनयन अन्र्तगत प्रकाश सर्वोत्कृष्ट निर्देशकको बिधामा होस्टेलबाट हेमराज वि.सी., ढुवानीबाट पिताम्बर पाण्डे, मौनबाट सुरज भुषाल, मधुमासबाट सुदर्शन थापा र कालीबाट सविर श्रेष्ठ मनोनयनमा परेका छन् । यस्तै हिरा सर्वोत्कृष्ट चलचित्रको बिधामा दुर्गिस फिल्मस्को होस्टेल, कविता फिल्मस्को ढुवानी, क्वार्क फिल्म एण्ड आकाश आदीत्य इन्टरटेनमेन्टको मौन, फ्राइडे फिल्मस्को मधुमास र रेखा फिल्मस्को काली बिच प्रतिष्पर्धा हुनेछ ।
यता शिब सर्वोत्कृष्ट अभिनेताको बिधामा मधुमासबाट आर्यन सिग्देल, मौनबाट अर्पण थापा, लोफरबाट दयाहाङ राई, ढुवानीबाट किशोर खतिवडा र ग्याम्बलरबाट सुमन सिंह मनोनयनमा छन् । भुवन सर्वोत्कृष्ट अभिनेत्रीका लागि कोही त छ बाट झरना थापा, मौनबाट नम्रता श्रेष्ठ, उर्वशीबाट नीता ढुङ्गाना, कालीबाट रेखा थापा र स्टारबाट सुमिना घिमिरे उत्कृष्ट ५ को मनोनयनमा छन् । यस्तै नीर सर्वोत्कृष्ट सहअभिनेताको बिधामा होस्टेलबाट गौरव पहारी, मधुमासबाट मनोज आरसी, राजनीतिबाट रमेश बुढाथोकी, लोफरबाट सागर लम्साल र सौर्यबाट सौगात मल्ल मनोनयनमा छन् ।
यता वसुन्धरा सर्वोत्कृष्ट सहअभिनेत्रीको बिधामा उत्कृष्ट ३ को मात्र मनोनयन सार्वजनिक गरीएको छ । जसमा उर्वशीबाट अरुणिमा लम्साल, राजनीतिबाट पवित्रा आचार्य र मधुमासबाट शिवाङ्गिनी राणा मनोनयनमा परेका छन् । यस्तै विश्व सर्वोत्कृष्ट नवअभिनेताको बिधामा पनि ४ जना मात्र मनोनयनमा छन् । जसअन्र्तगत होस्टेलबाट अनमोल के।सी।, सौर्यबाट अनुपविक्रम शाही, उर्वशीबाट किशोर श्रेष्ठ र होस्टेलबाट सलोन बस्नेत छन् । चैत्य सर्वोत्कृष्ट नवअभिनेत्रीको मनोनयनमा हाम्री चेलीबाट अञ्जु निरौला, राजनीतिबाट कोमल वली, होस्टेलबाट प्रकृति श्रेष्ठ, मधुमासबाट पूजा शर्मा र ढुवानीबाट सगुन शाही रहेका छन् ।
राष्ट्रिय चलचित्र पुरस्कार २०७० को प्रारम्भिक मनोनयन भाग २ अन्र्तगत चेतन सर्वोत्कृष्ट पटकथा लेखनका लागि मौनबाट अर्पण थापा, हाम्री चेलीबाट मनिष पन्थ, मधुमासबाट दिनेश न्यौपाने र अविनाश बिक्रम शाह, होस्टेलबाट हेमराज बिसी र ढुवानीबाट पिताम्बर पाण्डे रहेका छन् । यस्तै भुटानी सर्वोत्कृष्ट द्वन्द्व निर्देशकको बिधामा ढुवानीबाट देव महर्जन, वार, बाउन्सर र ग्याम्बलरबाट हिमाल केसी र कालीबाट रोशन श्रेष्ठ मनोनयनमा छन् ।
मञ्जु सर्वोत्कृष्ट छायाँकारको बिधामा उर्वशीबाट दीव्य सुबेदी, मधुमासबाट दीपक बजाचार्य, होस्टेलबाट हरि हुमागाई, ढुवानीबाट पुरुषोत्तम प्रधान र मौनबाट सञ्जय लामा मनोनयनमा छन् । यता तुलसी सर्वोत्कृष्ट सम्पादकका लागि कालीबाट बनिष शाहर अर्जुन जिसी, सौर्यका लागि चन्दन दत्त र बिशाल कोइराला, मौनका लागि निमेश श्रेष्ठ, र होस्टेल र ढुवानीबाट सुरेन्द्र पौडेल मनोनयनमा परेका छन् ।
यस्तै प्रदीप सर्वोत्कृष्ट ध्वनी पुनः मुद्रणका लागि सौर्यबाट विशेष पाण्डे, कालीबाट मुकेश शाह, लोफरबाट नारायण जोशी र ढुवानी र होस्टेलबाट उत्तम न्यौपाने मनोनयनमा छन् । यस बिधामा उत्तम ढुवानी र होस्टेल दुई चलचित्रबाट परेका छन् । गीत संगीतको कुरा गर्दा शम्भु सर्वोत्कृष्ट संगीतकारको बिधामा चलचित्र राजनीतिको 'ए हावा...' र विन्दास २ को 'सुन्छु तिमी..'ले बोलको गीतबाट अर्जुन पोखरेल, कालीको 'स्लोली स्लोली...'बाट वसन्त सापकोटा, जंजीरको 'किन गाह्रो गाह्रो..' बोलको गीतबाट टंक बुढाथोकी र मधुमासको 'आँटी सकयो...' बोलको गीतबाट सुरेश अधिकारी मनोनयनमा परेका छन् ।
यता उदित सर्वोत्कृष्ट पाश्र्वगायनका लागि मधुमासको 'आँटी सक्यो...' बोलको गीतबाट अञ्जु पन्त, सोही गीतबाट दीपक लिम्बु, कालीको 'स्लोली स्लोली...'बाट मिलन अमात्य, राजनीतिको 'ए हावा...' बोलको गीतबाट सञ्जिवनी र बिन्दास २ को 'सुन्छु तिमी...'ले बोलको गीतबाट शिव परीयार मनोनयनमा परेका छन् । यस्तै शुभ सर्वोत्कृष्ट पाश्र्व संगीतको मनोनयनमा ग्याम्बलरबाट एलिस कार्की, राजनीतिबाट अमित श्रेष्ठ, होस्टेल र मौनबाट रोहित शाक्य र ढुवानीबाट सुजिल कर्माचार्य छन् ।
वसन्त सर्वोत्कृष्ट नृत्य निर्देशकको लागि कालीको 'स्लोली स्लोली...' र लोफरको 'एक्कासी दुक्कासी...' बोलको गीतबाट कविराज गहतराज, मधुमासको 'आँटी सक्यो...' बोलको गीतबाट रेनाशा राई, उर्वशीको 'सजाउँला...' बोलको गीतबाट बब्बु थापा र ग्याम्बलरको 'कति खुशी...' बोलको गीतबाट राजन राई मनोनयनमा परेका छन् ।
फिल्म उद्योगमा २५ वर्षभन्दा लामो समय सम्म योगदान पुर्याएका र हाल पनि क्रियाशिल विशिष्ट फिल्मकर्मीहरुलाई उच्च सम्मान व्यक्त गर्दै तिनै दिग्गज हस्तीहरुको नामबाट नामाङ्करण गरीएको अवार्डमा सर्वोत्कृष्ट निर्देशकलाई ट्रफी, प्रमाणपत्रसहित रु १ लाख र “मह” जुरी अवार्डको बिधामा ट्रफी, प्रमाणपत्रसहित स्वदेशीलाई ५१ र विदेशी श्रष्ट्राको हकमा भने ट्रफी, प्रमाणपत्रसहित ५५५ युएस डलर प्रदान गरिने छ । यस्तै अन्य सम्पुर्ण बिधाहरुमा ट्रफी, प्रमाणपत्रसहित रु ५१ हजार प्रदान आयोजकले जनाएको छ ।
नेपाल सरकार चलचित्र ऐन २०२६ तथा चलचित्र नियमावली २०५७ बमोजिम निर्माण भई केन्द्रीय चलचित्र जाँच समितिबाट जाँचपास भई वर्षभरीमा नेपालका कम्तिमा ५ वटा फिल्म हलमा व्यवसायिकरूपमा प्रदर्शनमा आएका नेपाली फिल्म तथा उक्त फिल्ममा संलग्न एवं सहभागी कलाकारहरू, प्राविधिज्ञहरू तथा लेखक राष्ट्रिय चलचित्र पुरस्कारका लागि छनोट प्रक्रियामा स्वतः सामेल छन् । अवार्डमा कुल २० बिधा समावेश छन् ।

