Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 4.00/5.00)
Text size:-
+
-

कहिले हुन्छ सरिता गिरीको बिवाह ?

फिल्मीखबर, काठमाण्डौ, 2013/12/23

‘विवाहको लागी वैचारिक तथा समाजाकि रुपमा तयार हुनुपर्छ’ भन्ने विचार राख्ने अभिनेत्री सरिता गिरीले फिल्म ‘जनैको साँचो’ मा विवाहितको भूमिका निभाइन् । सरिताले सिउँदोमा सिन्दूर लगाइन्, गलामा हार लगाइन् अनि रातो चुरा र सारी । ‘नाटकीय विवाहमा पनि अलि फरक महसुश भने हुँदो रहेछ’, सरिताले क्यामेरा अगाडी विवाह गर्दाको अनुभव सुनाइन् ।

 

साँच्चिकै विहे गर्ने उमेर भयो हैन ? सरिता केही गम्भिर सुनिइन्- ‘अहिले उमेरले भन्दा पनि विवाह गर्ने समय र उचित व्यक्तिको खाँचो छ । म पर्खाइमा छु ।’ उचित व्यक्ति पाइसक्नु भएको छैन ? उनी विगतमा फर्किइन- ‘कुनै बेला पाएँ जस्तो लाग्थ्यो । तर, जिन्दगी सम्हाल्ने ऊ मेरो जीवनमा आएको हैन रै'छ ।' उसो भए तपाइँ असफल प्रेमी ? ‘प्रेम त म अहिले पनि उसलाई गर्छु । तर, प्रेम गर्नु र पाउनुमा निकै अन्तर रहेछ । प्रेम गरेका हरेक वस्तु आफ्ना नहुने रहेछन्,' सरिता केही बेर रोकिइन् ।

 

जिन्दगी कसैको सम्झनामा बित्न सम्भव छ ? सरिता दृढ देखिइन्- 'विवाह सामाजिक संस्कार मात्रै हैन । यसलाई वंशजलाई निरञ्तरता दिने आवश्यकताको रुपमा पनि लिइन्छ । त्यसैले अहिले म विवाहको तयारी मनस्थितिमा छु ।' नेपालमा मात्रै हैन विश्व फिल्मी बजारमा विहेपछि कलाकारको घरबार दिगो हुन नसकेका थुप्रै उदाहरण छन् । आफ्नो विवाह दिगो हुनेमा कत्तिको विश्वास गर्नुहुन्छ ? भन्ने प्रश्नमा सरिताको जवाफ छ- 'जब विश्वासको बाँध टुट्छ, तब वैवाहिक सम्बन्धमा दरार आउँछ । त्यसैले हुनेवाला जीवनसाथी सझदार होस् भनेर ज्वइँ छान्ने जिम्मा आमा बुवालाई दिएको छु ।'

 

समयावधी कहिलेसम्म छ विवाहको ? झन्डै ५० वटा नाटक तथा एक दर्जन फिल्मकी कलाकार सरिताले योजना सुनाइन्- 'यो साल भित्रमा घरजम गर्ने तयारी छ । सबै फाइनल भएपछि भन्नेछु ।' फिल्म जनैको साँचोमा सरिताले गरिब परिवारकी छोरी भएर धनी परिवारकी बुहारीको भूमिका निभाएका छिन् । हुनेवाला पति त धनी नै रोज्नु हुन्छ होला नि ? उनले फिल्मको भूमिकालाई पनि जोड्न चाहिन्- ‘जनैको साँचोमा म गरिब परिवारकी छोरी भएर धनीकी बुहारी भएपनि आफ्नो बुवालाई औधी माया गर्छु । वास्तविक जीवनमा पतिको परिवार जुन स्तरको होस् म आफ्नो कर्तव्य भने निर्वाह गर्ने छु ।'

 

विवाह पछि कलाकारितामा सक्रियता रहन्छ ? सरिता भन्छिन्- 'यदि म कलाकारितामा संघर्ष गरिरहेको हुन्थें भने बिहेले केही असर गर्न सक्थ्यो । तर, वर्षौंदेखि यही क्षेत्रमा रहेको व्यक्तिलाई विवाहले खासै असर गर्छ जस्तो लाग्दैन । आश गर्छु कलाकारितालाई प्रवावित तुल्याउने मेरो जीवन साथी हुनेछैन् ।