Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(3 votes, avg 2.33/5.00)
Text size:-
+
-

भिडियोको गसिपले तनावमा निता

फिल्मीखबर, काठमाण्डौ, 2013/12/23

मिडियामा आउने विभिन्न खाले गसिपले सेलिव्रेटीलाई चर्चा मात्रै हैन तनाव पनि दिन्छ । साप्ताहिक पत्रिकाले गसिप बनाएर प्रकाशन गर्दा अभिनेत्री निता ढुङ्गाना पनि तनावमा परेकी छिन् ।

 

गत साता साप्ताहिक पत्रिकाले ‘नितताको पनि सेक्स टेप’ शिर्षकमा गसिप प्रकाशन गरेको थियो । सोही शिर्षकको गसिपका कारण आफुले तनाव झेलिरहेको निताले बताइन् । निताले भनिन्- 'मैंले म्यूजिक भिडियोमा अभिनय मात्रै गरेकी हुँ । भिडियोको कथालाई गसिप बनाउँदा दर्शक तथा फ्यानलाई सत्य जस्तै लागेछ ।' कतारको साँस्कृतिक कार्यक्रम सकेर नेपाल फर्किएकी निताले सुनाइन्- 'फेसबुक पेजमा फ्यानले दुःख व्यक्त गर्दै मप्रति गलत सोच राख्नु भएको छ ।'

 

'साला जिन्दगी' फिल्म साइन गरेकी निताले त्यस प्रकारको गसिप मिडियाले प्रकाशन गर्नु दुःखद रहेको बताइन् । सेक्स टेप प्रकरणमा परेकी एक युवतीको भूमिकामा निताले पत्रकार विदुर खतिवडाले निर्देशन गरेको उक्त म्यूजिक भिडियोमा अभिनय गरेकी छिन् । 'छ एकान छ'की हिरोइन निता अंग्रेजी नयाँ वर्ष मनाउँन कोरिया जाने तयारीमा छिन् ।