कलाकारलाई बचाउनको लागि सबै संचार गृहले गीत बजाए वापत रोयल्टी दिनु पर्ने संगीत सर्जकहरूले बताएका छन् । आज आईतबार नारायणगढमा भएको एक कार्यक्रममा बोल्ने वक्ताहरुले पछिल्लो समय संचार गृहहरु धमाधम खुल्दै गएकाले कलाकार पीडामा परेको बताए ।

कार्यक्रममा सबै एफ.एम., रेडियो, टिभीबाट गीत संगीतहरु बज्ने गरेकाले स्रोताले क्यासेट रिलहरु किन्न्न छाडेको गुनासो पोखियो । कार्यक्रममा बोल्दै रोयल्टी संकलन समाज नेपालका अध्यक्ष सुरेश अधिकारीले कपि राईट प्रथालाई अन्त्य गर्दै सबैले रोयल्टी संकलनमा सहयोग गर्नु पर्ने बताए । कार्यक्रमका सभापति तथा रोयल्टी संकलन समाज नेपालका अध्यक्ष अधिकारीले चितवनका स्रस्टालाई रोयल्टी वितरण गरेका थिए ।
कार्यक्रममा सत्यराज आचार्य, प्रसाद श्रेष्ठ, अम्बर विरही गुरुङ, बद्रि अधिकारी, बसन्त सापकोटा, महेश खड्का लगायतका स्रस्टाहरूको उपस्थिति थियो । अब कलाकार बचाउने वा कलाकारको अस्तित्व मेटाउने भन्ने संचार गृहको हातमा रहेको कार्यक्रममा बोल्ने वक्ताहरुले बताएका थिए ।

