अभिनेत्री केकी अधिकारीले शनिबारको बिदा एचआईभी संक्रमित बालबालिकासँग मनाईन् । हिजो शनिबार किर्तिपुरमा एचआईभी संक्रमित बालबालिकासँग देखिएकी केकी खुसी भने देखिईनन् ।
'बाबु आमाले गरेको गल्तीको सजाय यि अबोध बालबालिकाले भोग्दैछन्,' १७ जना एचआईभी संक्रमित बालबालिकाको अगाडी उभिएकी केकी भावुक भईन्- 'समाजले समेत तिरस्कार गरेको सुन्दा निकै दु:ख लाग्यो ।'
'सफलता एचआईभी शिशु सदन'ले पाल्दै आएको एचआईभी संक्रमित बालबालिकाका लागि 'मानव जीवन संरक्षण मञ्च नेपाल'ले आयोजना गरेको लत्ताकपडा वितरण तथा राहत कोषको स्थापना कार्यक्रममा केकीले आफ्नो हातले ति बालबालिकालाई कपडा दिईन् । केकीको हातबाट कपडा लिएर खुसी देखिएका बालबालिका मध्ये केहिले गीत गाए भने केहिले नाचे ।
आमाबाबुको ममताबाट बञ्चित ति बालबालिकाको प्रतिभा हेरे पश्चात भने केकी खुसी देखिईन् । मान्छेको उपस्थिती सानो भएपनि आफू अहिलेसम्मकै ठूलो कार्यक्रमा उपस्थित भएको केकीले बताईन् । अहिलेसम्म सामाजिक सेवामा हात नहालेकी केकीले अब भने आफ्नो हेरेक पारिश्रमिकको केहि रकम समाजसेवाका लागि छुट्ट्याउने बताईन् । 'अब हरेक सामाजिक कार्यमा अग्रसर हुन्छु,' केकीले भनिन् ।
यस्तै एचआईभी संक्रमित बालबालिकालाई मनोरञ्जन प्रदान गर्न आफ्नो फिल्म 'वितेका पल' देखाउने भएकी छिन् । 'रिलिजको भोलीपल्ट यि सबै नानीबाबुलाई फिल्म देखाउन लैजान्छु,' केकीले मायालु भावमा भनिन्- 'यिनीहरूलाई उचित लालनपालन सहित मनोरञ्जनको पनि आवश्यकता हुन्छ । त्यसैले फिल्म देखाएर खुसी दिने कोशिस गर्छु ।'
आफ्नो घरवार बेचेर एचआईभी पीडित बालबालिकाको स्याहारमा जुटेका 'सफलता एचआईभी शिशु सदन'का अध्यक्ष राजकुमार पुन र 'मानव जीवन संरक्षण मञ्च नेपाल'का अध्यक्ष हेमन्त लामाले केकीको उपस्थितीले आफूहरू सहित बालबालिका पनि खुसी भएको बताए ।
(2).jpg)
(1).jpg)
(1).jpg)
(1).jpg)

