दुर्भाग्य ! उत्कृष्ट विदेशी भाषा अर्न्तगत नेपालबाट सिफारिस भएको 'सुनगाभा' फिल्म ओस्कारबाट बाहिरिएको छ । ओस्कर आयोजक द एकेडेमी मोसन पिक्चर्स आर्टस् एण्ड साइन्सले निकालेको अन्तिम सूचीमा समलिङ्गी युवतीको कथा बोको फिल्म सुनगाभा समावेश छैन ।
'सुनगाभा'मा अभिनेत्री निशा अधिकारी र दिया मास्केले समलिङ्गी युवतीको भूमिका निर्वाह गरेका छन् । फिल्मलाई सुवर्ण थापाले निर्देशन गरेका हुन् । ओस्करमा प्रतिनिधित्व गर्ने नेपाली फिल्म छान्न नेपाली फिल्मकर्मी बिच ठुलै लफडा भएको थियो ।
विशेषतः 'बधशाला' र 'शिरिषको फूल' यूनिटले ओस्कार पठाइने नेपाली फिल्म छान्ने प्रक्रिया पारदर्शी नभएको भन्दै ओस्कर छनोट समिति विरुद्ध अदालतमा मुद्धा समेत दायर गर्ने धम्की दिएका थिए ।

