कलाकार त्यसमा पनि फिल्म क्षेत्रका सेलिब्रेटीहरूको आफ्नै पहिचान र महत्व छ । अन्य कलाकारको तुलनामा फिल्मका कलाकारहरू अलि बढि चर्चित मानिन्छन् । यिनै सेलिब्रेटीसँग जोडिने चाहना हरेक व्यक्तिको हुन्छ ।
गायनमा आफ्नो छुट्टै पहिचान बनाएका गायक सिताराम पोखरेल पनि फिल्मका सेलिब्रेटीसँग नजिक हुन रूचाउने व्यक्तिमा पर्छन् । त्यसमा पनि हिरोईनसँग सितारामको निकटता ज्यादा देखिन्छ । सिताराम कसरी छन् निकट ? अनर्थ नलगाउनुस्, उनको निकटता म्यूजिक भिडियोमा मात्र सिमित छ ।
बि.सं. २०४४ सालदेखि औपचारिक रूपमा गायक बनेका सितारामले आजका दिनसम्म आफ्नै स्वरमा सजिएका गीतहरूको एक दर्जन म्यूजिक भिडियो बनाएका छन् । तिनै म्यूजिक भिडियोमा उनले फिल्म क्षेत्रका चर्चित अभिनेत्रीहरूसँग काम गरेका छन् ।
पटक पहिलो मिस नेपाल तथा अभिनेत्री रूवी राणासँग म्यूजिक भिडियोमा काम गरेका सितारामले झरना थापा, अरूणिमा लम्साल, निशा अधिकारी, सुमिना घिमिरे, नन्दिता केसी, उषा पौडेल, रञ्जना शर्मा देखि अन्य नयाँ हिरोईनसँग काम गरेका छन् ।
.jpg)
चर्चा कमाउन हिरोईन लिएको ? प्रश्न सकिन नपाउँदै सितारामले जोशका साथ भने- 'उहाँहरूमा अभिनय क्षमता अरूको भन्दा राम्रो हुन्छ । त्यस्तै उहाँहरूले समयको महत्वलाई बुझ्नुहुन्छ ।' कुन हिरोईनसँग काम गर्न सहज भयो त ? सितारामले भने- 'झरना थापा र सुमिना घिमिरेसँग काम गर्न अलि बढि सहज भयो । उहाँहरू निकै मेहनती लाग्यो ।'
सितारामले केहि समय अगाडी मात्रै आफ्ना म्यूजिक भिडियोहरूको कलेक्सन एल्बम बजारमा ल्याएका छन् । सोही एल्बममा सितारामले नेपालका चर्चित अभिनेत्रीसँग म्यूजिक भिडियोमा अभिनय गरेका हुन् । यिनै गायकका छोरा शिबिर पोखरेल फिल्म 'राघव'बाट हिरोको रूपमा डेब्यू गरेका छन् । छोरो फिल्म खेल्ने बाबु हिरोईनसँग भिडियोमा खेल्ने । कस्तो गजब !

