Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 3.00/5.00)
Text size:-
+
-

फरक गर्ने भन्दै सर्दै नेफ्टा अवार्ड

फिल्मीखबर, काठमाण्डौ, 2013/12/22

अन्य अवार्डका कार्यक्रमलाई हेरेर फरक गर्ने भनिएको ६ औं नेफ्टा अवार्ड सम्पन्न हुने समय पनि धेरै नै फरक हुँदै गइरहेको छ । मलेसियामा सम्पन्न गरिने अवार्डको मिति दोस्रो पटक स्थगित भएको छ ।

 

पहिले नेफ्टा अवार्डलाई कार्तिक २३ गते सम्पन्न गरिने जानकारी थियो । दोस्रो पटकको मिति डिसेम्वर २५ अर्थात क्रिसमस डेमा ६ औं नफ्टा अवार्ड मलेसियामा सम्पन्न हुनेछैन । यद्पी अवार्डको नयाँ मिति तोक्न र व्यवस्थापनको अनुगमन गर्न नेफ्टा टोली पुस ६ गते शनिबार मलेसिया तर्फ उडेको छ । टोलीमा जुरी सदस्य सुनिल थापा, नेपाल चलचित्र प्राविधिक संघका अध्यक्ष मनोज केसी, संघका उपाध्यक्ष प्रकाश महरा र सदस्य शंकर छन् ।

 

अवार्डमा प्राविधिक संघसँग सहकार्य गर्ने निर्माता सुवास गिरी मलेसियामै छन् । अध्यक्ष मनोज केसीले अवार्डको तेस्रो मिति चाँडै नै तय गरिने बताएका छन् । अवार्डको मिति सर्दै जाँदा फिल्म क्षेत्रमा नेफ्टा अवार्ड त हुन्छ ? भन्ने प्रश्न गर्न थालेका छन् । अध्यक्ष मनोज केसीले भने टाउकोले टेकेरै भएपनि मलेसियामा अवार्डलाई सम्पन्न गर्ने दाबी गर्दै आएका छन् ।