Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 4.00/5.00)
Text size:-
+
-

शिल्पाको पहिलो केक छविलाई । `लज्जा` नै वर्थडे गिफ्ट

फिल्मीखबर, काठमाण्डौ, 2013/12/22

निर्माता छवि ओझाले म्यूजिक भिडियो मोडल शिल्पा पोखरेललाई 'लज्जा' फिल्ममा पहिलो पटक हिरोइन बनाए । शिल्पाले पनि पालो फेर्दै आफ्नो २२ औं जन्मदिनको केक सबैभन्दा पहिलो निर्माता ओझालाई नै खुवाइन् ।

 

फिल्मका निर्देशक नवल नेपाल हिरोइनको हातबाट केक खानेमा दोस्रो परे । 'लज्जा'को सुटिङ स्थल गोदावरीमै अभिनेत्री पोखरेलको वर्थडे केक काट्ने व्यवस्था निर्माता ओझाले गरेका थिए । आज (पुस ७ गते ) जन्मदिनको केक काट्दै 'लज्जा' यूनिटले शिल्पाको वर्थडे गीत गाएर सफलताको शुभकामना दिए । शिल्पाले पनि लजाउँदै सबै यूनिटलाई केक खुवाइन् । 'लज्जा'मा शिल्पाको मुख्य भूमिका छ ।

 

वर्थडे गर्लले आजको योजना बारे भनिन्- 'मलाई जन्मदिनमा खासै रमझम गर्न मन पर्दैन । जन्मदिन हो भनेर सम्झिदिए पुग्छ । तरपनि माहोल बनेकाले बर्थडे सेलिब्रेट गरियो ।' छबि ओझाले उपहार के दिए होला त ? शिल्पाले सुनाइन्- 'लज्जा फिल्म नै मेरो वर्थडे गिफ्ट हो ।'

 

फिल्म नगरीमा आफ्नो स्थान बारे भने शिल्पाले भगवान भरोसा रहेको जवाफ दिइन् । फिल्म क्षेत्रमा आफ्नो करिअरलाई लिएर के भन्नु हुन्छ ? भन्ने प्रश्नमा शिल्पाले भनिन्- ‘जे लेखेको छ त्यही हुन्छ । म भोली यो हुन्छु भनेर भन्न सक्दिन । मेरो त्यस्तो कुनै सपना छैन ।'

 

'लोफर' फिल्मका निर्देशक आदित्य विक्रम लम्सालको जन्मदिनमा पनि सुटिङ सेटमै वर्थडे केक काटिएको थियो । निर्माता ओझाले 'लोफर'को सफलतामा उत्सव त मनाउन पाएनन् । तर, 'लज्जा' सफल बनोस्, वर्थडे गर्ल शिल्पासँगै यूनिटलाई हाम्रो शुभकामना !