भल्गर भएको भन्दै सर्वाधिक आलोचना खेपेको फिल्म एटिएम फिल्मका हिरोइनहरु एक समय मिडियामा राम्रै छाए । फिल्ममा दिएको हट पोज र म्यूट गर्नुपर्ने संवादले उनीहरु मिडियाको मसला बन्न पुगेका थिए ।
विशेषतः जिया केसी र सविना कार्कीको एटिएम रिलिज ताका चर्चा हुने गर्दथ्यो । सँगै फिल्ममा काम गरेपछि यी दुई नायिका एक अर्काको मिल्ने साथी समेत बनेका थिए । यी दुईले चुम्वन गरेर खिचाएको तस्बिरले तहल्का नै पिटेको थियो । जमघटमा जिया र सविना सँगै हुन्थें । यी मित्र अहिले भने एकअर्काका दुश्मन भएका छन् । ठाउँ मात्रै पाउनु पर्छ, जिया र सविना एक अर्काको कुरा काटी हाल्छन् ।
दुश्मनीको सुरुवात चाहिं नायिका केसीले गरेकी रहिछन् । जियाले जिगलो नामक फिल्मका निर्मातालाई फिल्मबाट हटाउन भनेपछि सविना आगो भइछन् । त्यहीबाट सुरु भएको दुश्मनीको सुरुवत अहिले भने चरम विन्दुमा पुगेको फिल्म नगरीमा व्यापक चर्चा छ । सेक्सी फिल्ममा खेलेर चर्चा कमाएका जिया र सविनाको यो दुश्मनीलाई कतियले भने चर्चा कमाउने मेलोको रुपमा लिएका छन् ।

