कतारको राष्ट्रिय दिवसमा आयोजन भएको सांगितिक कार्यक्रमका लागी कतार आएकी अभिनेत्री करिष्मा मानन्धरलाई नुवाकोट सेवा समाज दोहा कतारले सम्मानित गरेको छ । कार्यक्रममा संस्थाका अध्यक्ष हरिकृष्ण रिमालले अभिनेत्री मानन्धरलाई खादा ओडाएर सम्मान तथा प्रमाणपत्र हस्तान्त्ररण गरेका थिए ।

कार्यक्रममा नेपालबाट आएकी नायिका अभिनेत्री मानन्धर सहित गायक धुब्र तामाङ तथा गायिका प्रमिला तामाङ पनि सम्मानित भए । कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष रिमालले राष्ट्रिय कलाकारलाई सम्मान गर्न पाउँदा नुवाकोट सेवा समाज अन्त्यन्तै खुसी रहेको बताए ।

सम्मानित कलाकार तथा कार्यक्रमकी प्रमुख अतिथी अभिनेत्री मानन्धरले सम्मानित हुन पाउँदा खुसी व्यक्त गर्दै नुवाकोट समाजको यो पल अविस्मरणीय रहने बताईन् ।

