Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 4.50/5.00)
Text size:-
+
-

गसिप । दिपाश्रीको ५० लाखको छोरो जन्मिदै

फिल्मीखबर, काठमाण्डौ, 2013/12/20

‘ढिलै होस् तर छोरो होस्’ भन्ने उखानसँग वर्तमान नेपाली समाज त्यती मेल खाँदैन । तर, अभिनेत्री दिपाश्री निर्रौला भने ढिलै होस् तर छोरै होस् भन्ने पक्षमा छिन् । बिहे नै नभएकी दिपाले किन ढिलै भएपनि छोरो जन्माउने कुरा गरिन् त ? अनौठो लाग्नु स्वभाविक हो ।

 

दिपाले बिहे गरेर छोरो जन्माउने कुरा भने गरेकी हैनन् । बिहे नगरी छोरा जन्माउने त ? चालीस बसन्त टेक्नै लागेकी दीपा अहिले बिहेको भन्दा पनि फिल्म 'छ एकान छ'को प्रदर्शन प्रचारलाई लिएर चटारोमा छिन् । यहि फिल्मलाई नै उनले आफ्नो छोरा मानेकी छिन् ।

 

कुनै समयकी हिरोइन समेत रहेकी दीपालाई फिल्म निर्माण गर्ने प्रक्रिया देखेर दिक्क लाग्न थालेछ । त्यसैले दिपाले भन्न थालेकी छिन्- ‘सन्तान जन्माउन त निकै पिडा पो हुँदो रहेछ ।’ पचास लाख लगानी भएको फिल्म 'छ एकान छ' निर्माण गरेर रिलिज गर्न निकै सास्ती पाएकी दिपा थप्छिन्- ‘फिल्म निर्माण गर्नु भनेको सन्तान जन्माउनु जस्तै रहेछ ।

 

पौष २६ गते प्रदर्शन हुने फिल्म 'छ एकान छ' बारे दीपाले भनेकी छिन्, 'फिल्म हिट भयो भने त छोरो जन्मिए जस्तै हुन्छ ।' दीपाले भनेजस्तै पौष २६ गते पचास लाखको छोरो नै जन्मिएला त ?