अभिनेत्री मौसमी मल्लको 'कुण्ठा'लाई अष्ट्रेलियाली दर्शकले हेर्न पाउने भएका छन् । अस्ट्रेलियाको नवस क्लबले आउँदो आइतबार सिड्नीस्थित सिभिल थिएटरमा फिल्म 'कुण्ठा'लाई प्रिमियर गर्दैछ ।
'कुण्ठा' प्रिमियरका लागी अभिनेत्री मल्ल र कलाकार रोविन पोखरेल आज (पुस ५ गते) राती साढे ११ बजे अष्ट्रेलियातर्फ जाँदैछन् । कलाकार पोखरेलको पहिलो पटक भएपनि अभिनेत्री मल्लको भने अष्ट्रेलिया भ्रमण दोस्रो पटक हो । रोविनले फिल्मीखबरलाई भने- 'फिल्मको प्रिमियरसँगै क्रिसमसका केही कार्यक्रममा सहभागी हुनेछौं ।' त्यहाँ 'कुण्ठा'को २ शो हुने उनले बताए ।
विधवा आमाले आफ्नो छोरा माथि देखाउने कुण्ठालाई फिल्मको मुख्य विषय बनाइएएको छ । फिल्मका निर्देशक अनुपम गिरी हुन् । 'कुण्ठा'मा युवराज पोखरेलको लगानी छ । 'कुण्ठा'को नेपाल रिलिज भने तोक्न बाँकी छ ।
मौसमी मल्ल र रोविन पोखरेल सहित सुरज केसी, सुवास गजुरेल, गणेश सापकोटा, अमृतांस महजु घिमिरे लगायतको अभिनय रहेको यो फिल्मलाई निरज कँडेलले खिचेका हुन् ।

