Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 4.00/5.00)
Text size:-
+
-

मोक्ष : नवक्रान्तीको गीतमा कलाकारको मस्ती (भिडियो हेर्नुस्)

फिल्मीखबर, काठमाण्डौ, 2013/12/20

'म्युजिकल जर्नी' भनिएको फिल्म 'मोक्ष'को नयाँ गीत रिलिज गरिएको छ । आगामी माघ २४ गते रिलिज हुन लागेको यो फिल्मको प्रस्तुत सार्वजनिक गीतले भन्छन्- 'घाम डुब्छ फेरि उदाउनलाई' । प्रस्तुत गीतको शब्द, संगीत तथा स्वर नवक्रान्ती व्याण्डको हो ।

 

निर्देशक प्रबिन श्रेष्ठकै जीवनीमा आधारित रहेर निर्माण गरिएको यस फिल्ममा कोशिस क्षेत्री, बेनिशा हमाल, विक्रम सिंह, दिपेश भण्डारी, मनिष गोदार, वसन्त भट्ट, दुर्गा बराइली, सपना श्रेष्ठको मुख्य भूमिका छ । संञ्जिव सिंह, नवक्रान्ती समूह, धिलुङ् राई र प्रबिन श्रेष्ठको संगीत छ भने रविन श्रेष्ठ, प्रताप सिंह र हरी हुमागाइँ फिल्मका सिनेम्याटोग्राफर हुन् ।

 

श्रीराम बालाजी फिल्म्स र मोक्ष प्रोडक्सनको व्यानरमा निर्माण भएको यो फिल्मका लगानीकर्ता सुनिल मानन्धर हुन् ।