Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 2.00/5.00)
Text size:-
+
-

नेपाली फिल्मलाई `धुम ३` बाधक !

फिल्मीखबर, काठमाण्डौ, 2013/12/19

हिन्दी फिल्मको दब्दबा कम गर्न चलाइने बहस तथा कार्यक्रमले खासै काम भने गरे जस्तो देखिदैन । ‘नेपाली फिल्मलाई प्रदर्शन गर्ने सहज वातावरण बनाऊ’ भन्दै नेपाली फिल्मकर्मी सडकमा ओर्लिएको एक वर्ष नाघिसक्दा पनि नेपालमा विदेशी फिल्मको दब्दबा भने कायमै छ ।

 

बलिउको बहुप्रतिक्षित फिल्म 'धुम ३' प्रदर्शनमा आउने भएपछि भोली शुक्रबार कुनै पनि नेपाली फिल्म प्रदर्शनमा नआउने भएका छन् । यो शुक्रबार मात्रै हैन पौषको तीन सातै नयाँ नेपाली फिल्म रिलिज नहुने भएका छन् । तीन सातासम्मै नेपाली फिल्मका दर्शकले पुरानै 'लोफर' र 'सौर्य' सहित अन्य केहि पूराना फिल्मलाई हेर्नेछन् । नेपालका अधिकांश पर्दा आमिर खानको बहुप्रतिक्षित 'धुम ३' प्रदर्शन हुनेछ ।

 

वितरकले उत्साहको व्यापार नभएपछि नेपाली फिल्म प्रदर्शन नगरिएको दाबी गरेका छन् । वितरक तथा हलवाला नरेन्द्र महर्जन भन्छन्- 'फिल्मको व्यापार राम्रो छैन । सोलो रिलिज गरिएका नेपाली फिल्मले समेत लगानी उठाउन सकेका छैनन् । हलवालालाई जसरी फाइदा हुन्छ फिल्म त्यसरी नै लगाउने हो ।' अर्का वितरक सुनिल मानन्धरले थपे- 'फिल्म रिलिज भएर नचलेपछि निर्माताको सम्पत्ती शून्यमा झर्छ । कुनै पनि निर्माताले आफ्नो सम्पत्तीलाई शून्यमा झार्ने चाहना राख्दैन ।'

 

प्रतिक्षित हिन्दी फिल्म रिलिज भएपछि नेपाली फिल्म निर्माता डराउनु पर्ने अवस्था किन सिर्जना हुन्छ ? के नेपालीले प्रतिक्षित फिल्म निर्माण गर्न नसकेका हुन् ? 'धुम ३'को ह्याङ मेटिएपश्चात पौष २६ गतेबाट मात्र नेपाली फिल्म निरन्तर रिलिज हुने लिस्ट छ ।