Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(3 votes, avg 3.67/5.00)
Text size:-
+
-

निखिलका गफै ठूला । कहाँ पुग्यो हिन्दी फिल्म निर्देशन गर्ने कुरा ?

फिल्मीखबर, काठमाण्डौ, 2013/12/19

नेपाली फिल्मबाट हराइसकेका एक्सन स्टार निखिले उप्रेतीले ६ महिना अगाडी खबर दिए- ‘मेरो निर्देशनमा हिन्दी फिल्म निर्माण हुँदैछ ।' एक समय एक्सन शैलीबाट दर्शकलाई हलसम्म तान्न सफल भएका निखिलको यस्तो जानकारीबाट नेपाली र नेपाली फिल्मकर्मीको लागी खुसीको खबर थियो ।

 

अभिनेत्री संचिता लुइँटेललाई दोस्रो श्रीमती बनाएर २ सन्तानका पिता समेत बनिसकेका अभिनेता उप्रेतीले आफुले निर्देशन गर्ने हिन्दी फिल्मको प्रि-प्रोडक्सनको तयारी पूरा भैसकेको बताएका थिए । अभिनेता उप्रेतीले भनेका थिए- ‘फिल्मको मुख्य हिरो म हुनेछु । हिरोइनमा एक विदेशी युवती अनुबन्धित भएकी छिन् ।’

 

बर्खा बाधक बन्ने कारण देखाउँदै निखिलले बादल खुले लगत्तै फिल्मको सुटिङ सुरु गर्ने जानकारी गराए । फिल्म निर्देशन गर्ने जानकारी गराएको ६ महिना बढी बित्दा समेत निखिलको लागि बादल खुलेन । फिल्म खिच्न नेपालबाट क्यामेरा समेत बुक भैसकेको थियो । जाडो शुरू भईसकेकाले अब निखिलले जाडो सकिएपछि सुटिङ शुरू गर्छु भन्ने त हैनन् ?

 

हिन्दी फिल्म निर्देशन गर्ने खबरले एक समय मिडियामा छाएका निखिल अहिले के गर्दैछन् ? कुनै पत्तो छैन । हिन्दी फिल्मको निर्देशन र हिरो हुने भनेर चर्चामा आएका निखिल गुमनाम हुँदा फिल्मी नगरीमा भने विभिन्न खाले टिकाटिप्पणी हुन थालेको छन् । हिन्दी फिल्म निर्देशन गर्नु चानचुने करा नभएको बिश्लेषण गर्दै केहीले निखिललाई गफाडीको संज्ञा दिएका छन् ।