Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 3.00/5.00)
Text size:-
+
-

कतारमा बाइकमाथि निताको रमाइलो

फिल्मीखबर, काठमाण्डौ, 2013/12/19

ठाउँ मात्रै पाउनु पर्छ हाम्रा हिरोइनहरु रमाइलो गर्न तम्सिहाल्छन् । निता ढुङ्गानाले पनि कतारको समुन्द्री किनारामा खुबै रमाइलो गरिन् । वुट, हट पेन्ट, हाफ ज्याकेट र कालो चस्मामा निताले बालुवामा 'डेजर्ट बाईक राईडिङ'को खुबै मज्जा लिइन् ।

 

 

 

बालुवा माथि वाइकमा सयर गरेका पोज पोजका तस्बिरहरु निताले आफ्नो फेसबुक पेजमा छरपस्ट पारेकी छिन् । ‘वाओ रमाइलो गर्दै’ भन्दै निताले फेसबुकमा समुन्द्र किनाराका तस्विर सार्वजनिक गरेकी हुन् । पौष २६ गते रिलिज हुने कमेडी फिल्म 'छ एकान छ'की सोलो हिरोइनको उक्त पोष्ट माथि थुप्रैले मन पराउँदै प्रतिक्रिया व्यक्त गरेका छन् ।

 

 

 

डिसेम्वर १७ मा सम्पन्न एक साँस्कृतिक कार्यक्रमका लागी निता कतार पुगेकी थिइन् । निता सहित उक्त कार्यक्रमको लागी अभिनेता गजित विष्ट, निश्मा घिमिरे, हाँस्य कलाकारको जोडी सिताराम कट्टेल र कुञ्जना घिमिरे, गायक स्वरुपराज आचार्य, गायिका रजिना रिमाल, भिजे सन्दिप क्षेत्री, नृत्य निर्देशक गम्भिर विष्ट लगायत त्यहाँ पुगेका थिए । अभिनेता गजित बिष्ट, अभिनेत्री निश्मा घिमिरे लगायतले पनि बाईको मज्जा लुटेको तस्विरमा देख्न सकिन्छ ।