Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(5 votes, avg 4.00/5.00)
Text size:-
+
-

गसिप । `नाई मलाई श्रीकृष्ण नै चाहिन्छ`

फिल्मीखबर, काठमाण्डौ, 2013/12/19

अभिनेता श्रीकृष्ण श्रेष्ठ र अभिनेत्री श्वेता खड्काको सम्बन्धका बारेका विभिन्न टिका टिप्पणी हुने गरे पनि ‘कहाँ भेटिएला’ जोडीले भने आफूलाई ‘राम्रो साथी’ मात्रै भन्दै आएका छन् । फिल्म ‘कहाँ भेटिएला’, ‘श्रीमान् श्रीमती’ र ‘कोहिनुर’मा श्वेता श्रीकै जोडीको रुपमा प्रस्तुत भएकाले यी दुईको सम्बन्धलाई लिएर फिल्मी क्षेत्रमा चर्चा चल्ने गरेको पाइन्छ ।

 

केही वर्षदेखि यो जोडीले होटल समेत सञ्चालन गर्दै आएको छ । फिल्मको पर्दा भित्र र बाहिरसँगै देखिने श्री र श्वेताको खास सम्बन्ध के हो ? उनीहरु मौन छन् । मौन सम्बन्धलाई बिर्साउने गरी श्री र श्वेताको एउटा तस्विर प्राप्त भएको छ जहाँ बलिउड अभिनेता गोविन्दा छेउमा उभिएका छन् ।

 

श्री र गोविन्दाको बीचमा उभिएकी श्वेताले फोटो खिचाउने क्रममा श्रीको हात समाउँदै उतैतिर ढल्केकी छिन् । तस्विरमा बलिउड अभिनेता गोविन्दाले श्वेताले अँगाल्न हात अगाडि बढाए जस्तो देखिन्छ तर श्वेताले भने गोविन्दा अँगालोलाई बेवास्ता गर्दै श्रीको हात किन समाईन् ? भन्नेहरुले सायद त्यसै भनेका होइनन् ‘दाल में कुछ काला है’ ?