Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(6 votes, avg 2.83/5.00)
Text size:-
+
-

निर्देशक र हिरोइन विदेशतिर दौडिएपछि सुटिङमै अल्झियो `नो स्मोकिङ`

फिल्मीखबर, काठमाण्डौ, 2013/12/18

नेपाली कलाकार तथा निर्देशक फिल्मप्रति कत्तिको जिम्मेवार छन् ? फिल्म 'नो स्मोकिङ' कलाकार तथा निर्देशकको गैर जिम्मेवारीपनाको गतिलो शिकार बन्न पुगेको छ ।

 

सुटिङ सुरु भएको चार महिना बितिसक्दा पनि फिल्म पोष्ट प्रोडक्सनमा जान सकेको छैन । फिल्मका निर्देशक सुमन दाहाल र अभिनेत्री झरना थापा सुटिङ छोडेर विदेश सयर भएपछि सुटिङ सयम लम्बिन पुगेको छ । जसले गर्दा निर्माताको बजेट बढ्ने निश्चित देखिएको छ ।

 

निर्देशक सुमन दाहाल सुटिङलाई रोकेर इजरायल पुगेर फर्किए लगत्तै अभिनेत्री झरना थापा युरोप हानिइन् । दशै अगाडी युरोप उडेकी झरना अझै नेपाल फर्किएकी छैनन् । निर्देशक दाहालले अभिनेत्री थापाकै कारण सुटिङ सुरु हुन नसकेको बताए । उनले भने- 'पाँच दिनको सुटिङ बाँकी छ । झरनाजी आएपछि सुटिङ गरेर पोष्टको काम थाल्छौं ।'

 

निर्देशक दाहालले सुटिङमा भएको ढिलाइमा निर्माता मुरारी पोखरेलले गुनासो नगरेको दाबी गरे । निर्माता पोखरेलले फिल्मीखबरको फोन रिसिभ गरेनन् । सामाजिक विषयको फिल्ममा अभिनेत्री झरना थापासँगै संजय खतिवडा, रमेश बुढाथोकी लगायतको मुख्य अभिनय छ । सुटिङमै अल्झिएको 'नो स्मोकिङ' पोष्टबाट उत्रिएर प्रदर्शनमा कहिले आउला ?