गायनमा आफ्नो छुट्टै पहिचान बनाएका रक गायक रबिन तामाङलाई प्राथमिकतामा राखेर फिल्म 'वान वे'को फस्टलुक टिजर रिलिज गरिएको छ । फिल्ममा डन दीपक मनाङ्गेका छोरा सिद्धार्थ गुरूङको पनि मुख्य भूमिका छ । फिल्ममा उनको क्यारेक्टर कस्तो होला ? प्रोमो हेरेर नै अनुमान लगाउनुस् ।
'वान वे' पुस्तान्तरको कथा हो । जो घाम झै पुर्वमा झुल्केर पश्चिममा अस्ताउँदैन । यो भुमन्डलीकरण झैं पश्चिममा झुल्केर पूर्वमा अस्ताउँछ । त्यही गोधुली पुस्ताको अविरल यात्रा हो, 'वान वे' । निर्देशक सुरज सुब्बाले फिल्मको कथाबस्तुलाई दुई लाईनमा प्रस्ट्याए ।
राजकुमार राईको निर्माणमा बनेको यो फिल्ममा रबिन र सिद्धार्थको साथमा करिष्मा मानन्धर, माला सुब्बा, विल्सन विक्रम राई, आकाश खवास, भानु प्रताप, प्रकाश ओझा, श्याम राई, रूपा राना, नितिज्ञ सिंह लगायतले अभिनय गरेका छन् ।
हरि घले 'लामा'को छायाँकन रहेको यो फिल्मलाई बिपिन मल्लले सम्पादन गरेका छन् । रबिङ एन्ड दि न्यू रिभोलुसन र डम्बर नेपालीको संगीत रहेको यस फिल्मको कथा लेखन डा प्रदीप भट्टराईको रहेको छ । फिल्मको रिलिज मिति तय गरिएको छैन ।



