समसामयिक विषयमा युवालाई लक्षित गरी आयोजना गरिएको ६० सेकेन्ड सर्ट फिल्म फेस्टिभलको अनलाईन भोटिङ खुला गरिएको छ । ४८ वटा छोटा फिल्ममध्ये उत्कृष्ट एकलाई www.facebokk.com\60ssff मा लग अन गरी भोट गर्न सकिनेछ ।

फेसबुकमा सर्वाधिक लाइक पाउने उत्कृष्ट एक फिल्म सहित निर्णायक मण्डलीले छानेको तीन फिल्मलाई आगामी माघ १० गते (जनावरी ५) मा काठमाडौंमा हुने फेस्टिभलमा पुरस्कार प्रदान गरिनेछ । अधिकारका लागी संचार अभियानमा क्रियाशिल इन्टरफेस नेपाल आयोजक रहेको ६० सेकेन्ड सर्ट फिल्म फेस्भिलका उत्कृष्ट तीन फिल्मलाई क्रमशः २५, १५ र १० हजार रुपैयाँ पुरस्कार स्वरुप प्रदान गरिनेछ ।
जुरी तर्फको स्पेशल मेन्सन अवार्ड सहित पाँचै अवार्ड विजेतालाई सिम्रिक एयरका तर्फबाट माउन्टेन फ्लाईटमा जाने अवसर दिइने जारी प्रेस विज्ञाप्तीमा उल्लेख छ । दुई महिना समय दिएर आव्हावन गरिएको फेस्टिभलमा देश तथा विदेशबाट राजनीति, निर्वाचन, गरिबी, द्धन्द्ध, वातावरण, चाडपर्व, कला संस्कृति, पर्यटन, शिक्षा, फिक्सन, अपाङ्गता अधिकार, लोडसेडिङ, कृषि व्याङग्य, बालबालिका, बेरोजगार लगायतका समस्या झल्कने फिल्महरु प्राप्त भएको जानकारी छ ।

