Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(3 votes, avg 3.33/5.00)
Text size:-
+
-

निर्देशक समाजको गोष्ठी । निर्देशकको बौद्धिक सम्पत्ती फिल्म

फिल्मीखबर, काठमाण्डौ, 2013/12/18

फिल्मलाई निर्देशकको बौद्धिक सम्पत्ती मान्ने कि नमान्ने ? बहसको विषय भैरहंदा नेपाल चलचित्र निर्देशक समाजले भने फिल्मलाई निर्देशकको बौद्धिक सम्पत्तीको कानुनी मान्यता दिनुपर्ने विषयक एक दिने गोष्ठी आयोजना गर्ने भएको छ ।

 

गोष्ठी त्रिपुरेश्वरस्थित वर्ल्ड ट्रेड सेन्टरमा पौष ४ गते बिहान ९ बजेदेखि सुरु हुनेछ । गोष्ठीमा निर्देशक समाज, चलचित्र विकास वोर्ड र नेपाल प्रतिलिपी अधिकार रजिष्टार्ड कार्यालयका प्रतिनिधिले कार्यपत्र समेत प्रस्तुत गर्नेछन् ।

 

गोष्ठीमा झन्डै डेढ सय फिल्मसँग सम्बन्धित व्यक्तित्वले प्रस्तुत कार्यपत्रमा माथि छलफल गर्ने जानकारी छ । एक दिने गोष्ठीले फिल्मलाई निर्देशकको बौद्धिक सम्पत्तीको रुपमा कानुनमा उल्लेख गर्न सहयोग होला ?