रूवी राणा, झरना वज्रचार्य, माल्भिका सुब्बा पछि २०११ की मिस नेपाल मलिना जोशीलाई नेपाली फिल्म क्षेत्रले स्वागत गर्न पायो । 'कलिउड' फिल्मको शिर्ष गीतमा ग्ल्यामरस नृत्य पस्केकी मलिनाले प्रदर्शनको तयारीमा रहेको फिल्म 'ऋतु'मा भने मुख्य हिरोइन भएर अभिनय गरेकी छिन् । अन्य फिल्ममा पनि मलिनालाई अभिनय गराउने जमर्को भैरहेको बुझिएको छ । मिस नेपाल हिरोइन मलिना जोशीसँग फिल्मीखबरले छोटो कुराकानी गरेको छ -
चिसोले कत्तिको सताएको छ ?
मलाई त चिसो पटक्कै मन पर्दैन । चिसोको एलर्जी छ । जाडोमा त फुर्ती हराएर अल्छी मात्रै लाग्छ ।
न्यानो गर्न कपडा कत्तिको लगाउनु हुन्छ ?
मलाई धेरै कपडा लगाउन मन पर्दैन । चिसोबाट बच्न हाइनेक लगाउने गरेको छु । कालो कोट लगाउन पनि मन पर्छ । स्टकिङ लगाएर स्कर्ट लगाउँदा पनि राम्रै हुन्छ ।
चिसोबाट स्किनलाई कसरी जोगाउनु हुन्छ ?
मोस्चराईज लगाउँछु । मलाई नर्मल मेकअप मन पर्छ । तातो पानीले पनि छालालाई सुन्दर बनाउँछ । चिया कफी पिउँदिन ।
ऋतु फिल्मको हिरोइन बन्नुभएको छ । फिल्ममा अभिनय गर्दाको अुनभव ?
ऋतु फिल्ममा काम गर्दा एकदमै रमाइलो अनुभव गरें । ऋतुमा अभियनलाई देखाउने मौका पाएको छु । फिल्ममा मिहेनत गरेको छु । दर्शकबाट राम्रो प्रतिक्रिया पाउने आशा छ ।
मिस नेपालको फिल्ममा सहभागिता त्यती देखिदैन, किन होला ?
व्यक्तिको ईच्छामा भर पर्ने कुरा हो । सबैजना आ-आफ्नै क्षेत्रमा व्यस्त हुनुहुन्छ । म फिल्म खेलेर खुसी छु ।
फिल्म क्षेत्र मिस नेपालको पक्षमा देखिएको छैन । तपाइको हकमा के होला ?
फिल्ममा राम्रो गर्ने कोशिस गर्दैछु । राम्रा फिल्म पनि बन्दैछन् । हामी आशावादी हुन सक्नुपर्छ ।

