Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 3.00/5.00)
Text size:-
+
-

क-कस्ले पाउँदैछन् नातिकाजी संगीत सम्मान तथा पुरस्कार (नामावली सहित)

फिल्मीखबर, काठमाण्डौ, 2013/12/17

वर्ष ०७० मा नातिकाजी सम्मान तथा पुरस्कार प्राप्त गर्नेको नामावली नातिकाजी स्मृति समाजले सार्वजनिक गरेको छ । संगीतकार शम्भूजित बाँस्कोटा अध्यक्ष रहेको नातिकाजी स्मृति समाजले एक प्रेस वक्तव्य जारी गर्दै यस वर्ष सम्मान तथा पुरस्कार पाउने स्रष्टाको नाम सार्वजनिक गरिएको हो ।

 

नातिकाजी स्मति समाजले नातिकाजी विशेष संगीत सम्मान, नातिकाजी संगीत पुरस्कार तथा नातिकाजी लोकप्रिय संगीत पुरस्कार प्रदान गर्दैछ । मंसिर ३० गते अध्यक्ष बाँस्कोटाको अध्यक्षतामा बसेको कार्य समिति बैठकले पुरस्कार ग्रहण गर्नेलाई एघार हजार एक सय एघार रुपैयाँ दिने समेत निर्णय गरेको छ ।

 

कार्य समितिले पछिल्लो पटक नेपाली पाश्र्व गायनमा व्यस्त र चर्चित मानिने गायिका मिलन अमात्यलाई नातिकाजी लोकप्रिय संगीत प्रतिभा पुरस्कार प्रदान गर्ने निर्णय गरहेको छ । मिलनले स्वर दिएको फिल्मी गीत 'गाला रातै...' र 'स्लोली स्लोली...' बोलको गीत सर्वाधिक हिट छ । यस्तै लगातार हिट गीत दिईरहेका गीतकार डा.कृष्णहरी बराललाई नातिकाजी संगीत पुरस्कार प्रदान गरिंदै छ ।

 

पुरस्कार तथा सम्मान प्रदान गर्ने मिति भने घोषणा गरिएको छैन । नातिकाजी सम्मान तथा पुरस्कार पाउने अन्य स्रष्टाको नाम यस प्रकार छन् :

 

नातिकाजी विशेष संगीत सम्मान

१.गीतकार श्री राजेन्द्र थापा

२.गायक श्री ध्रुव के.सी.

३.संगीतकार श्री शक्तिबल्लभ श्रेष्ठ

 

नातिकाजी संगीत पुरस्कार

१.गीतकार डा.कृष्णहरी बराल

२.गायिका श्रीमती लोचन भट्टराई

३.संगीतकार श्री न्ह्यू बज्रचार्य

 

नातिकाजी लोकप्रिय संगीत प्रतिभा पुरस्कार

१.गीतकार श्री बसन्त चौधरी

२.गायिका श्री मिलन अमात्य

३.संगीतकार श्री हरि लम्साल