Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(5 votes, avg 4.60/5.00)
Text size:-
+
-

केकीले काटिन् वर्थडे केक । सुरजले दिए प्रतिस्पर्धीलाई शुभकामना

फिल्मीखबर, काठमाण्डौ, 2013/12/17

'म के भनौं ? मसँग व्यत्त गर्ने कुनै शब्द नै छैन । यो मेरो लागि विशेष र खुसीको क्षण हो,' वर्थडे केक काट्दै बितेका पल हिरोईन केकी अधिकारीले खुसी साट्दै भनिन्- 'यो रमाइलो माहोल सृजना गर्ने सम्पूर्णलाई धन्यवाद दिन चाहान्छु ।'

 

गत वर्ष दार्जीलिङ सुटिङ सेटमा केकीको वर्थडे सेलिव्रेसन गरेको 'बितेका पल' युनिटले यस वर्ष भने नयाँ वानेश्वरस्थित अल्फाविटा हाउसमा प्रेस समारोह गरेरै केकीको जन्मदिन मनायो । नेपाली क्यालेन्डर अनुसार पौष ३ गते जन्मदिन पर्ने भएपनि केकीले अंग्रेजी क्यालेन्डरलाई फलो गर्दै डिसेम्वर १७ मा केक काटिन् । केकीले मन्द मुस्कानका साथ भनिन्- 'मलाई जन्मदिने आमा बुवालाई धन्यवाद छ । म गलत हुन सक्छु, तर मलाई लाग्छ मैंले जीवनमा केही चिज पाएको अनुभव गर्दैछु ।'

 

आफु भर्खर १६ माथि रहेको भन्ने ठट्टा गर्दै केकी पौष २६ गते अल नेपाल प्रदर्शन हुने फिल्म 'बितेका पल' हेर्न सबैलाई अनुरोध गरिन् । वर्थ डे सेलिव्रेसनसँगै फिल्मको एल्मब समेत विमोचन गरिएको कार्यक्रममा निर्देशक सुरज सुब्बा नाल्बोले भने- 'फिल्ममा मनोरञ्जन मात्रै भएर हुँदैन, विचार हुनुपर्छ । बितेका पल विचार बोकेको फिल्म हो ।' पौष २६ मा प्रदर्शन हुने अन्य फिल्मलाई सफलताको शुभकामना दिंदै 'बाटो मूनिको फूल'बाट वाही वाही पाएका निर्देशक नाल्बोले थपे- 'मेरो प्रतिस्पर्धा फिल्मसँग नभएर दर्शकसँग हो । म दर्शकको प्रेम र आलोचनाको पात्र बन्न तयार छु ।'

 

'बाटो मूनिको फूल'बाटै उदाएका निर्माता राजेश घतानीले 'बितेका पल'ले दर्शकको मन जित्ने आशा व्यक्त गरे । फिल्मलाई पौष १४ गते राजधानीको विग मुभिजमा प्रिमियर गर्ने जानकारी दिंदै उनले भने- 'बितेका पल कुनै पनि हिन्दी, बङ्गाली, कोरियन फिल्मबाट कपी गरिएको फिल्म हैन । यो शुद्ध सत्य प्रेमकथामा आधारित फिल्म हो ।'

 

९५ प्रतिशत सुटिङ दार्जिलिङ गरिएको फिल्ममा केकीसँगै अभिनाश गुरुङ र बाबु वोगटीको मुख्य भूमिका छ । कार्यक्रममा बावु आएपनि दार्जिलिङका अभिनाश भने आउन सकेनन् । फिल्ममा राजेश घतानीसँगै अमेरिकी नागरिक क्रिष रिजालको पनि लगानी छ ।

 

८० लाख लागत दाबी गरिएको 'बितेका पल'ले झन्डै ३५ लाख रुपैयाँ अडियो विक्रीबाट कमाएको छ । फिल्ममा बाबु बोगटीसँगै डम्वर नेपाली र रोशन लामाको संगीत छ भने हरी लामा फिल्मका क्यामेरा पर्सन हुन् । शंकर विसी, अर्जुन गौतम र पेमा लामाले फिल्ममा नृत्य निर्देशन गरेका छन् ।