मानिसले जोशमा होस् नपुर्याउँदा अफ्ठ्यारो स्थितीको सामना गर्नुपर्छ भन्ने मुख्य थिममा आधारित रहेर फिल्म 'जोश'को निर्माण गरिने भएको छ । निर्देशक ऋषि न्यौपानेले निर्देशन गर्ने यो फिल्मको मंगलबार मुहुर्त गरियो ।

आशुतोष फिल्म प्रोडक्सनको व्यानरमा पंकज खड्काले निर्माण गर्न लागेको फिल्म 'जोश'मा शुशिल क्षेत्री, महिमा सिलवाल, विरेन डिसी, दुर्गा सापकोटा, इशा चौधरी, दिनेश शर्मा लगायतले अभिनय गर्नेछन् । निर्देशक न्यौपानेकै लेखन रहने यो फिल्ममा रवि कोईरालाको छायाँकन, अमित श्रेष्ठको संगीत, बब्बु थापाको नृत्यनिर्देशन तथा प्रदीप खड्काको द्धन्दनिर्देशन रहनेछ ।

