Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 4.00/5.00)
Text size:-
+
-

नेपाली फिल्मलाई १४ लाखको पुरस्कार

फिल्मीखबर, काठमाण्डौ, 2013/12/17

यसअघि 'हाइवे' फिल्म निर्माणका लागि सर्वसाधारणसँग सहयोगको हात फैलाएका निर्देशक दीपक रौनियारलाई दोस्रो प्रोजेक्टका लागि भने पुरस्कार स्वरूप झण्डै १४ लाख रूपैयाँ बराबरको धनराशी प्राप्त भएको छ । 

 

चार सय ६४ अन्तराष्ट्रिय फिल्महरू मध्ये उत्कृष्ट १४ भित्र पर्दै निर्देशक रौनियारको दोश्रो कथानक फिल्म 'ह्वाइट सन'ले सो सहयोग प्राप्त गरेको हो । 'ह्वाइट सन' नेपालको १२ बर्षे राजनैतिक द्वन्द्वपछिको नेपाली ग्रामिण जिवनमा आधारित 'डार्क कमेडी' फिल्म हो जसको छायाँकन केहि महिनापछि नेपालको पूर्वी पहाडमा हुने बताईएको छ ।


नेदरल्याण्डको रोट्रड्याम अन्तराष्ट्रिय चलचित्र महोत्सवले हरेक बर्ष २ पटक बाँड्ने फिल्म निर्माण सह्योग 'ह्युवट बाल्स फण्ड' संसारमै प्रतिष्ठित मानिन्छ । यो पटक फण्डले एसिया, पूर्वी युरोप, ल्याटिन अमेरिका र अफ्रिकाका ९ वटा देशका १४ वटा फिल्महरूलाई करिब २ करोड २२ लाख रूपैयाँ बराबरको निर्माण सहयोग बाँड्ने निर्णय गरेको हो ।


सोहि महोत्सवले प्रदान गर्ने बुस्ट कार्यकममा समेत रौनियार सहभागी हुनेछन् । विजयी १४ मध्ये ५ फिल्महरुले निर्माणका लागि थप तालिम प्राप्त गर्नेछन् । बुस्ट कार्यक्रमको लागि भारतको रन्जन विकाश मिश्रको 'वाईल्ड फायर', रौनियारको 'ह्वाईट सन', युगाण्डाली निर्देशक डोनाल्ड मुगिसाको 'वास्वा', दक्षिण अफ्रिकाका निर्देशक भिन्सेन्ट मोलोइको 'जोभिट्जो' र कोलम्बियाका निर्देशक सिजर एसेभिडोको 'ला टियरा ला साम्व्रावी' छानिएका छन् ।