Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 2.00/5.00)
Text size:-
+
-

राघव गीत : अस्मिताको बोलीले शिबिरलाई बोलाएपछि (भिडियो हेर्नुस्)

फिल्मीखबर, काठमाण्डौ, 2013/12/17

राजबल्लभ कोईराला फिल्म्स सहित आईडिया एण्ड इमेज, प्लानेट३फिल्म्सको सहकार्यमा अण्डरग्राउड टकिजले निर्माण गरेको फिल्म 'राघव'को ओर्जिनल साउण्ड ट्र्याक सार्वजनिक गरिएको छ ।
 

सञ्जिव सिंहको शब्द, संगीत तथा स्वर रहेको 'तिम्रो त्यो बोलीले मलाई बोलायो...' बोलको गीतमा  शिबिर पोखरेल, अस्मिता ढकाल र अशिष्मा नकर्मीलाई फिचर गरिएको छ । फिल्मको कथा पनि यिनै तीन पात्रले बोकेका छन् । फिल्ममा शिबिर, अस्मिता र अशिष्मा सहित रकेन व्यञ्जकार, केट ब्रासेलको मुख्य भूमिका छ ।


प्रेमिकाबाट बिछोडिएपछि उक्त सम्बन्धबाट बाहिर निस्कन राघवले नयाँ सम्बन्ध शुरू गर्दाको इमोश्नल जर्नीलाई कथाबस्तु बनाईएको 'राघव'लाई अमेरिकामा बस्दै आएका भुपेन्द्र भट्टराईले लेखन तथा निर्देशन गरेका छन् । अभिनेता राजबल्लभ कोईरालाले यस्तै फिल्मबाट निर्माताको ट्याग भिर्दैछन् ।