Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 4.00/5.00)
Text size:-
+
-

किम्फ समापन : `नो प्लेस इन फार अवे`लाई १५ सय डलर

फिल्मीखबर, काठमाण्डौ, 2013/12/16

अर्न्तराष्ट्रिय पर्वतीय महोत्सव (किम्फ) को ११ औं संस्करण मंसिर ३० गते आइतबार सकिएको छ । महोत्सवमा उत्कृष्ट हुँदै 'नो प्लेस इन फार अवे'ले १५ सय डलरको पुरस्कार प्राप्त गर्यो । यो मिसेल इबाभेनद्वारा निर्देशित मेक्सिकन डकुमेन्ट्री हो ।

 

पाँच दिनसम्म चलेको फिल्म महोत्सवमा अन्तर्रराष्ट्रिय प्रतिस्पर्धामा 'ब्रेथिङ दि स्मेल अफ दि स्काई' र 'हेलिकप्टर रेस्क्युएर इन दि हिमालय'ले क्रमशः दोस्रो र तेस्रो अवार्ड प्राप्त गरे । दोस्रो भएसँगै बेनाइट आइमनद्वारा निर्देशित स्विजरल्यान्डको फिल्म 'ब्रेथिङ दि स्मेल अफ दि स्काई'ले एक हजार डलर पुरस्कार हात पार्यो । तेस्रो अवार्ड प्राप्त गरेको 'हेलिकप्टर रेस्क्युएर इन दि हिमालय'ले पाँच सय डलर पुरस्कार प्राप्त गर्यो । यस डकुमेन्ट्रीलाई हरि थापा र फ्रान्स सेनले निर्देशन गरेका हुन् ।

 

नेपाली फिल्महरुको प्रतिस्पर्धा नेपाल प्यानोरमातर्फ सहारा शर्माको फिल्म 'चेजिङ रेन्बोज'ले फिक्सन विधानमा उत्कृष्ट पुरस्कार जित्यो । फिल्मले २५ हजार रुपैयाँ हात पर्यो । त्यस्तै जापानको रेस्टुरेन्टमा काम गर्ने नेपालीको कथा डकुमेन्ट्री 'प्लेइङ विथ नान'ले नेपाल प्यानोरमाकै ननफिक्सनतर्फ उत्कृष्ट अवार्ड जित्यो । दीपेश खरेल र आसीमीद्वारा निर्देशित फिल्मले पनि २५ हजार रुपैयाँ प्राप्त गर्यो ।

 

नेपाल मानारोमा अर्न्तगतका दुई फिल्मलाई क्रमशः चलचित्र विकास वोर्ड र किम्फ आयोजक हिमाल एशोसियसनले पुरस्कार प्रयोजन गरेका हुन् । यसै सालदेखी सुरु गरेको 'बेस्ट फिल्म अन माउन्टेन डेभलोपमेन्ट' विधाको अवार्ड भुटानी डकुमेन्ट्री 'एटी सिक्स सेन्टिमिटर्स'ले पायो । छिरिङ ग्येल्सथेन र पिटर बर्गद्वारा निर्देशित फिल्ममा भुटानका हिमनदीको बाटो खुलाउन मजदुरहरुले गर्ने कठोर श्रमको कथा समावेश छ ।

 

महोत्सवका निर्णायक मण्डलमा नेपाली समाजशास्त्री द्युती बराल, बेलायती पत्रकार स्टेफेन गुडविन र स्विस आरोही रोजर बु्रनर थिए । २० देशका ४७ फिल्म देखाइएको महोत्सवको समापन क्याप्टेन जोन नायलदवारा निर्देशित बेलायती डकुमेन्ट्री 'द इपिक अफ एभरेस्ट'बाट गरियो ।