Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(4 votes, avg 4.50/5.00)
Text size:-
+
-

धार समात्न नसक्दा नेपाली फिल्म पछाडी !

रेम बिक, पोखरा, 2013/12/14

सँधैजसो विभिन्न पुस्तकको परिचर्चा गर्दै आएको र्याण्डम रिडर्स सोसाईटीले यो शनिबार फिल्म सम्बन्धि परिचर्चा गरेको छ । सोसाईटीले विश्व फिल्म ईतिहासमाथि चर्चा गर्दै नेपाली फिल्म उद्योगलाई पनि विश्वस्तरको बनाउनका लागि कदम चाल्नुपर्नेमा जोड समेत दिएको छ ।

 

समग्र विश्व फिल्मको सिद्धान्तबारे संचारकर्मी अमित रिजालले प्रस्तुत गरेको कार्यपत्रमाथि परिचर्चा भएको थियो । कार्यपत्र प्रस्तुत गर्दै रिजालले फिल्मको प्रभाव समाज, राजनीति, शिक्षा र व्यक्तिगत बौद्धिकतासम्म रहने प्रस्ट्याए । ‘फिल्म आमसंचारको एउटा महत्वपुर्ण पाटो हो र यसले समाजको दर्पणको काम गर्दै आएको छ,’ रिजालले भने–‘साहित्यका विभिन्न विधाजस्तै फिल्म पनि अभिव्यक्तिको महत्वपुर्ण माध्यम भएकोले यसलाई सबैले महत्वका साथ हेर्नुपर्ने आवश्यकता छ ।’



रिजालले प्रस्तुत गरेको कार्यपत्रमाथि फिल्म निर्देशक तथा समिक्षक मनोज पण्डितले टिप्पणी गरेका थिए । कार्यपत्रमाथि टिप्पणी गर्दै पण्डितले पछिल्लो समय फिल्म बौद्धिक वर्गको समेत चासोको विषय बन्दै जानु निकै सकारात्मक कुरा भएको उल्लेख गरे । ‘फिल्म सम्बन्धि पोखरामा देखिएको यस्तो खालको चासोले नेपाली फिल्म उद्योगलाई उकास्नका लागि सकारात्मक प्रभाव पार्छ,’ उनले भने–‘यो चासोले पोखरालाई फिल्मको केन्द्र बनाउने बाटो देखाईरहेको मैले पाएको छु ।’



कार्यक्रममा नेपाली फिल्मको पछिल्लो व्यापार अवस्थाको बारेमा समेत चासो उठेको थियो । नेपाली फिल्मले आफ्नै धार समात्न नसक्दा यस्तो खालको अवस्था आएको धेरैको विश्लेषण रहेको थियो । कार्यक्रममा र्याण्डम रिडर्स सोसाईटीका पदाधिकारीसंगै पोखरा फिल्म सोसाईटीका पदाधिकारीहरु, फिल्मकर्मीहरु, पत्रकारहरु र फिल्मको बारेमा चासो राख्नेहरुको उपस्थिती थियो ।