फिल्म सम्बन्धी पढाइ हुने ओस्कार कलेज र क्याराम्रो डट कमले आयोजना गरेको 'फिमेल इन फिल्म' नामक प्रतियोगितात्मक कार्यक्रमबाट अनामिका श्रेष्ठले जीवनसाथी फिल्म्सले निर्माण गर्ने फिल्ममा हिरोईन हुने मौका पाएकी छिन् । बिहिबार राजधानीमा सम्पन्न अडिसन पश्चात राजेश गोंगजु, अशिम चित्रकार, विनोद पौडेल र दीपक आचार्यको निर्णायक टिमले अनामिकामा हिरोईनको गुण पाएको हो ।

अनामिका श्रेष्ठ
नेपाली फिल्म क्षेत्रमा महिला कलाकर्मीको सहभागिता बलियो र अर्थपूर्ण होस् भन्ने हेतुले आयोजना भएको यस कार्यक्रमबाट मञ्जु देवकोटा र सञ्जु तामाङले ओस्कार कलेजमा पढ्नका लागि छात्रवृती पाएका छन् । ओस्कार कलेजले एकजनालाई ४ लाख बराबरको छात्रवृती दिने बताएपनि मञ्जु र सञ्जुलाई ३० भन्दा बढी प्रतिश्पर्धीबाट उत्कृष्टताको आधारमा छानेर दुई-दुई लाखको छात्रवृती दिने निर्णय गरिएको आयोजकले जनाएको छ ।

अभिनेत्री नन्दिता केसीसँग सहभागी प्रतिष्पर्धीहरू
अडिसन कार्यक्रममा अभिनेत्री नन्दिता केसीले अतिथीको उपस्थिती जनाउँदै प्रतिष्पर्धीहरूलाई नजिकबाट नियाल्दै अधिकांश फिल्ममा लाग्ने चाहना पाएकोमा खुसी व्यक्त गरिन् । उनले सहभागी सबैलाई सफल भविष्यको कामना गर्दै फिल्म क्षेत्र राम्रो भएकाले आउन आग्रह पनि गरिन् । क्याराम्रो डटकमको लागि ब्राण्ड एम्बास्डरको रूपमा ओम्निका डंगोल र रोजिना थापा उत्कृष्ट ठहरिए । अडिसनमा सहभागी सबैले आ-आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए ।

