डार्क कमेडी फिल्म झोलेको प्रचार भिडियो गीत (प्रोमोश्नल सङ)को सुटिङ गरिएको छ । 'बम बम भोले...' बोलको गीतलाई हिजो आईतवार मह स्टुडियोमा छायाँकन गरिएको निर्देशक दिपेन्द के. खनालले जानकारी दिए ।
शिवको भजनसँग सम्बन्धीत गीतको भिडियोलाई फिल्ममा भने समावेश गरिने छैन । निलु डोल्मा शेर्पाको नृत्य निर्देशनमा दया, प्रियंका र ए गुरूङ बम बम भोले भन्दै नाचे । गीतको शब्द कलाकार राईले लेखेका हुन् भने संगीत अनुपम शर्माको छ । फिल्मका सिनेम्याटोग्राफर पुरुषोत्तम प्रधान हुन् ।
शिबरात्रीको अवसर पारेर रिलिज गर्न लागिएको फिल्म 'झोले'को प्रस्तुत गीत पनि शिवरात्रीलाई नै फोकस गरेर निर्माण गरिएको हो । टेकेन खड्काको लगानी रहेको 'झोले' फिल्म फागुन ९ गते देशभरबाट प्रदर्शन हुँदैछ । प्रचार गीतले दर्शकलाई हलसम्म कत्तिको तान्छ ? प्रतिक्षा गर्रौ ।

