Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 4.00/5.00)
Text size:-
+
-

Breaking News । निर्देशक शिब रेग्मीको निधन

फिल्मीखबर, काठमाण्डौ, 2013/12/09

बरिष्ठ फिल्म निर्देशक शिब रेग्मीको निधन भएको छ । दुबै किड्नीले काम नगरेको अवस्थामा बल्खुको बयोधा अस्पतालमा उपचारार्थ रेग्मीको आज बिहान पौने छ बजे निधन भएको हो ।

 

परिवार निकट मानिने फिल्म निर्देशन राजेन्द्र उप्रेतीले फिल्मीखबरलाई दिएको जानकारी अनुसार निर्देशक रेग्मीको शवलाई अहिले बिहान नौ बजेसम्म बयोधा अस्पतालमा राखिनेछ । त्यसपश्चात निर्देशक रेग्मीको शवलाई गृहनगर चितवन लगिने बताईएको छ । अहिले अस्पताल परिसरमा फिल्मकर्मीको भिड लाग्न शुरू गरेको निर्देशक उप्रेतीले जानकारी दिए ।
 

 

बिसं २०२१ सालमा चितवनमा जन्मेका निर्देशक रेग्मीले प्रेम पूजाबाट लेखन यात्रा थाले पनि 'आफन्त' फिल्म उनको पहिलो निर्देशकिय फिल्म हो । नेपाली फिल्म उधोगलाई रेग्मी आफन्त सहित सुख दु:ख, आफ्नो मान्छे, ए मेरो हजुर, उपहार, पाहुना, हामी तीन भाइ, मुग्लान, कहाँ भेटिएला, दुनियाँ, मानिस, साथी म तिम्रो लगायत सफल फिल्म दिएका छन् । निर्देशक रेग्मीको 'पराई', 'मनले मनलाई छुन्छ' नामक दुई फिल्म रिलिजको क्रममा छन् ।

 


फिल्मीखबर डट कम परिवार निर्देशक रेग्मीलाई चिर आत्माको शान्तीको कामना गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ ।
 

थप विवरण केहि बेरमा