Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

तामाङ निर्देशक तथा कलाकार दोङको निधन

फिल्मीखबर, काठमाण्डौ, 2013/12/08

तामाङ फिल्मका निर्देशक सुदिप दोङको निधन भएको छ । विगत २ वर्षदेखि मलेसियामा रहेका दोङको राजधानी क्वालालाम्पुरमा शुक्रवार निधन भएको हो । उनको शवलाई पोष्टमार्टमका लागि स्थानीय अस्पतालमा राखिएको र हालसम्म मृत्युको कारण पनि खुल्न नसकेको परिवार स्रोतले जानकारी दिएको छ । 

 

विक्रम सम्वत् २०५७ सालमा दीपेन्द्र दोङ तामाङले निर्देशन गरेको तामाङ भाषाको फिल्म 'मयुङ बुरिङ'बाट कलाकारका रुपमा फिल्म क्षेत्रमा प्रवेश गरेका सुदिप दोङ ५ वर्ष अघिदेखि तामाङ फिल्म निर्देशकका रुपमा सक्रिय थिए । उनले 'ह्युल्ला माया', 'दोर्जे डन', 'मयुङ', 'आङाला मिख्ली', 'कर्म' लगायतका आधा दर्जन फिल्महरुको निर्देशन गरेका छन् । उनको 'ह्युल्ला माया' फिल्म हेटौंडामा २०६७ मा आयोजित पहिलो तामाङ चलचित्र महोत्सवमा उत्कृष्ट फिल्मको रुपमा पुरस्कृत भएको थियो । 

 

तामाङ चलचित्र संघको आइतबार बसेको आकस्मिक वैठकले संघको सदस्य तथा निर्देशक दोङको निधनप्रति गहिरो शोक व्यक्त गर्दै उनको शवलाई नेपाल झिकाउन नेपाल सरकार लगायत सम्बन्धित निकायलाई अनुरोध गर्ने र आवश्यक अन्य पहल गर्ने निर्णय गरेको छ । साथै शव नेपाल झिकाइएपछि विशेष सम्मानका साथ बौद्ध परम्परा अनुसार अन्तिम अन्त्यष्टी गर्ने निर्णय पनि संघले गरेको छ । 

 

काभ्रे पिन्थली स्थायी घर भएका दोङको श्रीमती सहित एक छोरा र एक छोरी छन् ।