Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

`लोफर` बारे के भने सञ्चारकर्मीले ?

फिल्मीखबर, काठमाण्डौ, 2013/12/08

निर्माता छवि ओझाले सञ्चारकर्मी तथा कलाकर्मीलाई होम प्रोडक्सनको फिल्म 'लोफर' देखाएका छन् । दिउँसो साढे १२ बजेको शो हेर्न दुई दर्जन भन्दा बढी सञ्चारकर्मी तथा फिल्मकर्मी सुन्धारास्थित सिभिल मलको क्यूएफएक्स फिल्म हलमा पुगेका थिए ।

 

 

निर्माता ओझा, निर्देशक आदित्य विक्रम लम्साल, कलाकार कमलमणी नेपाल, सुशिलराज पाण्डे, रजनी केसी लगायत फिल्मको प्रतिक्रिया लिन उपस्थित थिए । सिङगल स्टेशनका दर्शक रिझाएर अहिलेसम्मका फिल्मबाट व्यापारिक सफलता हात पार्दै आएका निर्माता ओझाको मल्टीप्लेक्स केन्द्रित फिल्म 'लोफर'लाई भने मध्यम खालको प्रतिक्रिया मिलेको छ ।

 

लुटका गोफ्ले दयाहाङ राई र सिङ्गल थिएटरमा दर्शक तान्न सक्ने भनिएका आर्यन सिग्देलको मुख्य अभिनय रहेको फिल्म 'लोफर' बारे सञ्चारकर्मी तथा फिल्मकर्मीले पनि मध्यम खालको प्रतिक्रिया दिए । केही फिल्मकर्मी तथा सञ्चारकर्मीले 'लोफर'लाई ब्लकबस्टर फिल्म 'लुट'को थिमसँग तुलना गरे । त्यस्तै केहीले 'लोफर'ले नियमती दर्शकलाई खुसी दिन नसक्ने अड्कल काटे ।

 

 

शुक्रबार साप्ताहिकका सुकृत नेपाल फिल्मबारे भन्छन्- 'समग्रमा फिल्मलाई राम्रै भन्नुपर्छ । कसले कसरी हेर्छ भन्ने मुख्य कुरा हो ।' त्यस्तै नागरीक दैनिकका पत्रकार फणिन्द्र संगमको 'लोफर' हेरिसकेपछि प्रतिक्रिया छ- 'दयाहाङ राई र कमलमणी नेपालको अभिनय राम्रो छ । फिल्मको पूरै समय अन्तिम २० मिनेटको जस्तो भैदिए 'लोफर' उत्कृष्ट बन्न सक्थ्यो ।'

 

अर्का सञ्चारकर्मी सुब्रत आचार्य फिल्म हेरेपश्चात फेसबुकमा लेख्छन्- 'फिल्म हेरेर मज्जा आयो ।' रिलिजको दिन सन्तोषजनक व्यापार गरेको लोफरले बिदाको दिन शनिबार भने हाउसफुलको व्यापार गरेको रिपोर्ट निर्माता ओझाले दिएका छन् । ५० लाख लगानी दाबी गरिएको फिल्मले लागनी उठाउनेमा छवि ढुक्क देखिएका छन् । लोफर हाल देशका झन्डै एक सय पर्दामा प्रदर्शनरत छ ।