Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

राजनैतिक अन्यौलतामा नधकेलियोस् `फिल्म सिटी`

फिल्मीखबर, काठमाण्डौ, 2013/12/08

दोस्रो संविधानसभाको चुनाव पश्चात पनि जनतामा संविधान बन्छ या बन्दैन भन्ने अन्यौलता एकातिर छ भने फिल्मकर्मीहरूको अर्को अन्यौलता दोलखामा फिल्म सिटी बन्छ या बन्दैन भन्नेमा छ ।


बिगत तीन बर्षदेखि अन्यौलमा रहेको यो फिल्म सिटीले मूर्तरूप पाउनेमा फिल्मकर्मी ढुक्क देखिएका छन् । सूचना तथा सञ्चारमन्त्री माधव पौडेलले बिहीबार फिल्मसिटी दोलखाको लाँकुरीडाँडामा बनाउने घोषणा गरेपश्चात भने केहि आशा पलाएको छ ।

 

दोलखामा प्रकृतिले नै फिल्म नगरीको उपहार दिएकाले आउने सरकारले अबको यो ठाँउ परिवर्तन नगर्ने दाबी मन्त्री पौडेलले गरेका छन् । पोखराबाट दोलखामा फिल्म सिटी निर्माण हुने भएपछि पोखरेलीहरू खुसी त देखिएका छैनन् तर दोलखाबासीमा भने हर्ष छाएको छ ।

 

चालू आवमा सरकारले फिल्म सिटीको काम अघि बढाउन २ करोड रुपैयाँ विनियोजन गरेकाले पनि अब चाहिं फिल्म सिटी बन्ने देखिन्छ । तरपनि आउने नयाँ सरकारले यसलाई कुन प्राथमिकतामा राख्छ, यसै भन्न सकिन्छ । फिल्म सिटीका लागि चलचित्र विकास बोर्डले केही दिनअघि प्रारम्भिक वातावरणीय अध्ययनका लागि टेन्डरसमेत आह्वान गरी काम सुरु गरेको छ ।

 

फिल्म सिटीका लागि निर्माणका लागि लाँकुरीडाँडाको डाङडुङेडाँडामा १ हजार ५ सय रोपनी जग्गासमेत व्यवस्था भइसकेको छ । लामोसाँघु–जिरी सडक खण्डमा रहेको खरिढुंगा बजारबाट ६ किलोमिटर कच्ची सडक हुँदै पुगिने प्रस्तावित फिल्म सिटी निर्माणस्थल जिल्लाकै सुन्दर स्थानमध्ये पर्छ ।