Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

भर्खर तरुनी भइन् दिया मास्के !

फिल्मीखबर, काठमाण्डौ, 2013/12/08

फिचर फिल्म 'कागबेनी' डेव्यु अभिनेत्री दिया मास्के कति वर्ष भइन् होला ? महिला कलाकारले आफ्नो वर्ष खासै खोल्न चाहंदैनन् । जति नै वर्ष भएपनि 'सुनगाभा' गर्ल दिया मास्केले आफु भर्खर तरूनी भएको बताएकी छिन् ।

 

साप्ताहिक पत्रिकासँको अन्र्तवार्तामा दियाले भनेकी छिन्- 'म भर्खर तरूनी भएँ ।' आफ्नो उमेरलाई लिएर भन्दा पनि दियाले फिल्ममा निभाएको भूमिकालाई लिएर आफु भर्खर तरूनी भएको प्रतिक्रिया दिएकी हुन् । फिल्म 'फिटकिरी'मा आफ्नो वोल्ड र मोर्डन गर्लको भूमिका रहेको उल्लेख गर्दै दियाले आफु भर्खर तरुनी भएको बताईन् । अनुप बराल निर्देशित 'फिटकिरी' हाल पोष्ट प्रोडक्सनको क्रममा छ ।

 

टेलिफिल्म 'दलन' र फिल्म 'साँघुरो'मा दिया बुहारीको भूमिकामा प्रस्तुत भएकी थिइन् । आफ्नो १५ प्रतिशत कलालाई मात्रै दर्शकले हेर्न पाएको दियाको भनाइ छ । अन्र्तवार्तामा दियाले आफुलाई नायिका भनेको मन नपर्ने समेत खुलाएकी छिन् । दियाले भनेकी छिन्- 'कलाकारको शब्दले अलि फराकिलो अर्थ राख्छ । नायिकाहरु ग्ल्यामरस हुन्छन्, उनीहरुमा तडकभडक हुन्छ, कलाकारमा सबथोक हुन्छ ।' कुराकानीमा दियाले आफु प्रेममा परेपनि विवाहको लगनगाँठो कस्ने जिम्मा भने परिवारलाई नै दिएकी छिन् ।