Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 4.00/5.00)
Text size:-
+
-

छ एकान छ : बिक्यो अमेरिकी राइट !

फिल्मीखबर, काठमाण्डौ, 2013/12/08

पौष २६ गते प्रदर्शन मिति तोकिएको फिल्म 'छ एकान छ'को अमेरिकी राइट विक्री भएको छ । रु.१५ लाखमा रक फर् नेपाल र आमा सरस्वती गीतादेवी फिल्मस् कम्पनी बिच उक्त रकममा सम्झौता भएको हो ।

 

 

रक फर् नेपालबाट पचास प्रतिशत रकम समेत प्राप्त भैसकेको फिल्मका कलाकार, कथाकार तथा निर्माता दीपकराज गिरीले फिल्मीखबरलाई जानकारी दिए । दीपकले भने- 'अन्य मुलुकमा पनि फिल्मको राइट विक्री बारे कुरा हुँदैछ ।' ५० लाख निर्माण लागत बताइएको फिल्मको ओभरसिज राइटले प्रदर्शन पूर्वै लगानी रिकभर गर्ने दीपकले विश्वास व्यक्त गरे ।

 

दिनेश डिसी निर्देशित फिल्ममा तीतो सत्य, मेरी बास्सै र जिरे खुर्सानीका कलाकार दीपकराज गिरी, शिवहरी पौडेल, केदार घिमिरे, सिताराम कट्टेल, जितु नेपालसँगै सन्दीप क्षेत्रीको मुख्य भूमिका छ । निता ढुङ्गाना र राजबल्लभ कोईराला पनि फिल्ममा मुख्य पात्र हुन् । दीपाश्री निर्रौला र निर्मल शर्मा गैंडा फिल्मका निर्माता हुन् । पुरूषोत्तम प्रधानले खिचेको यो फिल्ममा शम्भूजीत बास्कोटाको संगीत छ ।