आउँदो शुक्रबारबाट देशभर एकसाथ प्रदर्शनमा आउन लागेको सुपर हिरोको कथानक फिल्म 'सौर्य'लाई चलचित्र जाँच पास समितिले 'पिजी' सर्टिफिकेट दिएको छ । अब यो फिल्म हेर्न १६ बर्ष मुनिका बालबालिकाले अभिभावक साथमा लानुपर्नेछ ।

फिल्ममा द्धन्दका सिन धेरै भएको भन्दै सेन्सर बोर्डले 'पिजी' सर्टिफिकेट दिएको हो । यस्तै सेन्सर बोर्डले फिल्मका केहि संवाद हटाउन र म्यूट गर्न आदेश दिएको छ । हाकिम इन्टरटेनमेन्टले निर्माण गरेको फिल्म 'सौर्य'मा सौगात मल्ल र अनुपबिक्रम शाही मुख्य भूमिकामा छन् । यस्तै फिल्ममा राजेश हमाल र हेमा श्रेष्ठलाई पनि बिशेष भूमिकामा देख्न सकिन्छ ।
'सौर्य'का निर्देशक मार्कन्डे दीपविम बस्नेत हुन् । फिल्मलाई सुरेन्द्र गुरुङ हाकिमले निर्माण गरेका हुन् । फिल्म २ घण्टा ३० मिनेटको छ ।

