गत शुक्रबारदेखि देशका झण्डै एक सय पर्दाबाट प्रदर्शनमा आएको छवि ओझा निर्मित फिल्म 'लोफर'को व्यापार शनिबार भने उकालो लागेको रिपोर्ट प्राप्त भएको छ । निर्माता ओझाले रिलिजको दिन भन्दा शनिबारको व्यापार दोब्बर भएको दाबी गरे ।

लज्जा फिल्मको सुटिङ गर्दै गरेका निर्माता ओझाले भने- 'शनिबार प्राय हल हाउसफुल रह्यो । लगानी सुरक्षित हुनेमा ढुक्क छु ।' आदित्य विक्रम लम्साल निर्देशित फिल्मले दुई दिनमा कति कमायो ? कलेक्सन रिपोर्ट प्राप्त भैनसकेको निर्माता ओझाले बताए । लोफरको लगानी ५० लाख बताइएको छ ।
फिल्ममा आर्यन सिग्देल, दयाहाङ राई, सुशिलराज पाण्डे, कमलमणी नेपाल, रजनी केसी लगायतको मुख्य भूमिका छ । मदन कस्यप घिमिरेको क्यामेरा रहेको फिल्ममा चन्द्र पन्त फाइट डिरेक्सन छ । लोफर बारे मिश्रित प्रतिक्रिया प्राप्त भैरहेका छन् ।

