नेपाली फिल्मको पहिलो अभिनेत्री भुवन चन्दलाई '‘सुर पद्मा सम्मान २०७०’ले सम्मानित गरिएको छ । शनिबार राजधानीमा एक समारोहका विच वरिष्ठ संस्कृतविद् डा. सत्यमोहन जोशीले अभिनेत्री चन्दलाई दोसल्ला सहित ताम्रपत्र प्रदान गर्दै सम्मान गरे ।

गायिका देविका बन्दनाले आफ्ना सासु ससुराको सम्झनामा ‘सुर पद्मा सम्मान'को स्थापना गरेकी हुन् । २०६९ सालदेखि दिन थालिएको यो सम्मान नेपाली फिल्म र संगीत क्षेत्रको विकास, विस्तार तथा सम्मानको लागि स्थापना गरिएको कार्यक्रममा गायिक बन्दनाले बताईन् ।

यस्तै कार्यक्रममा अभिनेत्री चन्दसहित गायिका रचना जिसी र रंग पत्रकार जयनसुब्बा मानन्धर पनि सम्मानित भए । यसअघि यस सम्मानबाट अभिनेत्री बसुन्धरा भुषाल र संगीतकार दीपक जंगम सम्मानित भएका थिए ।

