Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

नेपालले क्रिकेट जित्दा यसरी रमाए फिल्मकर्मी

फिल्मीखबर, काठमाण्डौ, 2013/11/27

युएईको अबुधाबीस्थित शेख जायद अर्न्तराष्ट्रिय क्रिकेट रंगशालामा नेपाली खेलाडीले हङकङलाई ५ विकेटले हराएपछि सामाजिक सञ्जाल फेसबुकमा नेपाली क्रिकेट प्रेमीले नेपाली टिमलाई बधाई दिदैं खुसी व्यक्त गरिरहेका छन् ।

 

 

आगामी वर्ष बंगलादेशमा हुने विश्वकप क्रिकेट खेलमा नेपालले ढोका खोलेपछि नेपाली फिल्मकर्मीले पनि फेसबुकमा नेपाली क्रिकेट टोलीलाई बधाई दिदैं खुसी व्यक्त गरेका छन् । अभिनेत्री निशा अधिकारी आफ्नो फेसबुक पेजमा लेख्छिन्- 'अब चाहिं विजयी र्‍याली निकाल्नुपर्छ । वर्ल्डकप प्रत्यक्ष हेरिन्छ ।' त्यस्तै बितेका पल अभिनेत्री केकी अधिकारीले आफ्नो खुसी यसरी साटेकी छिन्- 'हामी पनि वर्ल्डकप खेल्ने !'

 

मायाज बार डेव्यु अभिनेता गजित विष्ट लेख्छन्- 'हिप हिप हुर्रे ! नेपालले जित्यो ।' कलाकार दिपकराज गिरीले भने आफ्नो फिल्मको प्रचार गर्दै फेसबुकको वालमा लेखेका छन्- 'एउटा छक्काले खेल नै परिवर्तन भयो । नेपालले जित्यो, छ एकान छ युनिट ।' त्यस्तै दिपाश्रीको स्टाटस छ- 'नेपाली हिरोहरुलाई सलाम छ, जय नेपाल ।'

 

स्क्रिप्ट राइटर अभिमन्यू निरवीको फेसबुक स्टाटस छ- 'पार्टीको विजयी जुलुसमा गइएन । अब देशको विजयी जुलुसमा गइन्छ । यहाँनिर फरक हुंदो रहेछ पार्टी र देशमा । पार्टीले समाज टुक्राउँछ । खेलले देश जोड्छ ।' त्यस्तै मोक्क्ष हिरोइन वेनिशा हमाल लेख्छिन्- 'मिसन वर्ल्डकप । बधाई नेपाली क्रिकेट टिमलाई !'

 

फिल्म समिक्षक यज्ञस लेख्छन्- 'नेपाली क्रिकेट टिमलाई बधाई छ। खेल हेर्न पनि साह्रै मजा आयो । पारस खड्का र शरद भेषवाकर लगायत हाम्रा खेलाडीको जय होस् ।' अभिनेता आर्यन सिक्देल र पूर्व मिस नेपाल तथा अभिनेत्री मलिना जोशीले पनि 'नेपाल इन वर्ल्डकप' भन्दै खुसी व्यक्त गरेका छन् । कर्कश फिल्म निर्देशक आसिफ शाहले पोस्ट गरेका छन्- 'विजयी उत्सवमा सहभागी हुनुपर्छ । यो जित जस्को ? नेपालको !'