Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 4.00/5.00)
Text size:-
+
-

मायामा तड्पेकी `उर्वशी` निताले देखाउने ठाउँ पाईन्

फिल्मीखबर, काठमाण्डौ, 2013/11/27

आगामी शुक्रबारबाट प्रदर्शनमा आउन लागेको फिल्म 'उर्वशी'की शिर्ष पात्र निता ढुंगानाले आफूले काम देखाउने ठाउँ पाएको बताएकी छिन् । बुधबार राजधानीमा आयोजना गरिएको प्रेस भेटघाट कार्यक्रमा बोल्दै निताले भनिन्- 'मायामा टड्पिएकी म उर्वशी पात्रले दर्शकलाई सक्दो मनोरञ्जन दिने प्रयास गरेकी छु ।'

 

छुच्ची, घमण्डी तर निकै मायालु स्वाभावकी निताले फिल्म पूर्ण मनोरञ्जनात्मक बनेको बताईन् । उनले थपिन्- 'यो फिल्म मनोरञ्जनको प्याकेज हो ।' यस्तै अर्की अभिनेत्री अरूणिमा लम्सालले आफ्नो छोटो र राम्रो भूमिका रहेको बताईन् । अभिनेता किशोर खतिवडाले फिल्मले प्रेम प्राप्तिको लागि गर्नुपर्ने संघर्षलाई प्रस्तुत गरेको बताए ।

 

कार्यक्रममा बोल्दै नव अभिनेता किशोर श्रेष्ठले राम्रो फिल्म बनेको भन्दै आफूले पनि राम्रो काम गर्ने प्रयास गरेको बताए । मुम्बइ पुगेर पनि नेपाली फिल्ममा नै अभिनय गर्न फर्केका फिल्मका अर्का मुख्य पात्र प्रदीप ढकालले आफू भित्र उम्लिरहेको अभिनयलाई 'उर्वशी'मा पोखेको बताए ।

 

दश बर्षपछि फिल्म निर्माणमा व्याक भएका निर्माता खगेश्वर पुनले सबै पक्षबाट सहयोगको अपेक्षा गरेको बताए । उनले भने- 'दश बर्ष पछि पुन: फिल्म निर्माणमा फर्किएको छु । आशा छ दर्शकले मलाई पुन: फिल्म निर्माण गर्ने अवस्थाको सिर्जना गर्न दिनुहुने छ । निर्देशक मनिष पन्थले पनि फिल्म राम्रो बनाएको बताए ।

 

कार्यक्रममा फिल्मको अडियो पनि सार्वजनिक गरिएको थियो । फिल्ममा पाँच वटा गीत समावेश छन् जसमा शंकर अधिकारी घायल, सन्तोष अग्रहरी, अर्जुन कौशल र जानकी पन्तको शब्द तथा बिकाश चौधरी, बिरेन्द्र अग्रहरी र अर्जुन कौशलको संगीत रहेको छ । दिव्य सुवेदीले खिचेको यस फिल्ममा मुकेश आचार्य, रश्मी भट्ट लगायतले पनि अभिनय गरेका छन् ।