Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

बाजी मार्लान् राजेशले ?

फिल्मीखबर, काठमाण्डौ, 2013/11/27

फिल्म 'बितेका पल'लाई दर्शकको प्रतिक्रिया सकारात्मक मिल्नेमा निर्माता राजेश घतानी विश्वस्त देखिएका छन् । समिक्षक, सञ्चारकर्मी, नियमित दर्शक एवं फिल्मकर्मीलाई 'बितेका पल'को ट्रायल शो गरेपछि फिल्ममा देखिएका कमिकमजोरीलाई सुधार गरिएकाले फिल्मलाई दर्शकले रुचाउने विश्वास निर्माता घतानीले फिल्मीखबरलाई बताएका हुन् ।

 

पौष २६ गते फिल्म रिलिजको तयारीमा व्यस्त रहेका निर्माता घतानी भन्छन्- 'ट्रायल शोमा सहभागीले फिल्म उत्कृष्ट बनेको प्रतिक्रिया दिनुभएको छ । फिल्मले दर्शकको मनलाई छुनेछ ।' सत्य प्रेमकथामा आधारित भनिएको 'बितेका पल'मा केकी अधिकारी, बाबु बोगटी र नव कलाकार अभिनाश गुरुङको मुख्य अभिनय छ ।

 

हाँस्य कलाकारको फिल्म 'छ एकान छ' पनि पौष २६ मै प्रदर्शनमा आउने भएपछि 'बितेका पल' सिमित हलमा खुम्चिने देखिएकोमा निर्माता घतानीले मोफसलका अधिकांश र काठमाण्डौमा पनि प्रतिस्पर्धी फिल्मकै दाँजोमा हल संख्या हुने जानकारी गराए । राजेश भन्छन्- 'देशका सबै पर्दामा फिल्म रिलिज हुनेगरी व्यवस्थापन गर्दैछौं ।'

 

प्रतिस्पर्धाको मैदानमा आफ्नो जित हुनेमा चाहिं कत्तिको आशावादी हुनुहुन्छ ? भन्ने प्रश्नमा राजेशको भनाइ छ- 'जित हार आफ्नो ठाउँमा छ । तर, फिल्मले दर्शकलाई निराश पार्ने छैन । दर्शकलाई मन पर्ने फिल्म असफल होला भन्ने डर हामीमा छैन ।' सुरज सुब्बा नाल्बो निर्देशित 'बितेका पल' र हाँस्य कलाकारको फिल्म 'छ एकान छ' मध्ये कुन फिल्मले बाजी मार्ला ?